Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

पूर्वमन्त्री बस्नेतले पठाए मेलम्चीमा राहत सामग्री

रासस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पीडितका लागि रु २० लाखभन्दा बढीको राहत सामग्री पठाएका छन् । विपद्मा पीडित बनेका यहाँका बासिन्दालाई सहयोग गर्ने हेतुले सङ्कलित राहत रकम तथा सामग्रीका साथ एमालेको भातृ सङ्गठन राष्ट्रिय युवासङ्घ नेपालको टोलीलाई सङ्घका इन्चार्जसमेत रहेका भक्तपुरका निवर्तमान सांसद बस्नेतले सामग्री पठाएका हुन्। 
 
सङ्घको टोलीले राहत सामग्री, विभिन्न स्वास्थ्य सामग्री तथा बन्दोबस्तीका सामग्रीसहित मेलम्ची, हेलम्बुमा टोली पठाएको बस्नेतका स्वीकय सचिव दिनेश थापाले जानकारी दिए । पूर्वमन्त्री बस्नेतको पहलमा भक्तपुरबाट रु पाँच लाखको सामग्री तथा अन्य विभिन्न जिल्ला तथा सहयोगी संस्थाबाट सङ्कलित करिब रु २० लाख बराबरको राहत, स्वास्थ्य तथा बन्दोबस्तीका सामग्री लिएर बिहीबार टोली मेलम्ची पठाएको उनले बताए ।
 
भक्तपुरबाट सङ्कलित रु पाँच लाखको सामग्री सङ्घका सचिवालय सदस्य तथा भक्तपुरका संयोजक राजु लुबन्जार, सचिवालय सदस्य दिनेश थापा, दिपेश खड्कालगायतले सङ्घका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितिज थेवे, सञ्जीवकुमार झा, अशोक चौलागाईँ, उर्मिला सुनुवार तथा महासचिव रमेश आचार्यले उक्त सामग्री संयुक्तरूपमा हस्तान्तरण गर्दै टोली मेलम्ची पठाएको हो ।
 
भक्तपुरमा रहेका सङ्घका पदाधिकारी तथा जिल्ला कमिटीको तर्फबाट मृतकका परिवारलाई रु ४५ हजार नगद रकमसहित सङ्घको जिल्ला कमिटीले करिब रु पाँच लाख बराबरको सामाग्री सङ्घका अध्यक्ष पौडेललाई हस्तान्तरण गरिएको छ । सिन्धुपाल्चोकमा आएको विपद्मा सहयोग गर्न युवालाई आह्वान गरेको नेता बस्नेतले बताए ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै सार्वजनिक बहस हुनुपर्छ ?

काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE