सप्तरी । विदेश पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने अभियुक्तलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ मलेकपुरका ४६ वर्षीय ईनरदेव यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
सप्तरी जिल्ला अदालतले आरोपितविरुद्ध २०७५ असार २५ गते १ वर्ष कैद र १ लाख २५ हजार जरिवानाको फैसला गरेको थियो । फैसलापश्चात फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट गएको प्रहरी टोलीले गाउँघरबाटै यादवलाई पक्राउ गरेको हो ।
अभियुक्त यादवले विदेश पठाइदिने प्रलोभनमा पारी २०६८ असोज २ गते जैफुन खातुनसँग १ लाख २५ हजार रुपैयाँ लिई ठगी गरेको भन्दै ठगी मुद्दाको उजुरी परेको थियो । छोरालाई विदेश पठाउन खातुनले विश्वासमा परी यादवलाई रकम दिए पनि न पठाएको र रकम पनि फिर्ता नदिएको बताउनुभयो ।
पक्राउ परेका अभियुक्तलाई सप्तरी जिल्ला अदालतमा आज उपस्थित गराइएकोमा कैद भुक्तानको लागी अदालतले राजविराज कारागार पठाएको प्रनाउ काफ्लेले बताए ।
आर्थिक वर्ष ०७७÷०७८ मा सप्तरी प्रहरीले फरार रहेका १ हजार ७ जना अभियुक्तहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । अदालतको फैसला कार्यान्वयनअन्तर्गत आर्थिक वर्षको हालसम्म फौजदारी मुद्दातर्फ १ सय ६४ जना र देवानी मुद्दातर्फ ८ सय ४३ जना पक्राउ परेका हुन् । पक्राउ परेकाबाट जम्मा २०३ वर्ष ३ महिना ६ दिन कैद र १ करोड ५ लाख १८ हजार ६२३ रुपैयाँ असुल उपर हुने उहाँले बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: