नेपालगञ्ज । प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्ज बाँकेको आयोजनामा भर्चुअल विधिमार्फत सञ्चालित पाँच दिने ‘स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि’ विषयक तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशअन्तर्गत बाँके र बर्दियाका स्थानीय तहहरूमा कार्यरत नयाँ कर्मचारीको पहिलो चरणमा ४२ जनाका लागि तालिम सञ्चालन गरिएको हो ।
सरकारी सेवामा नवप्रवेशीका रूपमा कार्यरत सहायकस्तर कर्मचारीहरुको क्षमता अभिवृद्धिले कार्यसम्पादनमा सुधार ल्याई स्थानीय तहले प्रवाह गर्ने सेवाहरुमा सकारात्मक परिवर्तन आउने विश्वासका साथ तालिमको आयोजना गरिएको प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक मोतिप्रसाद शर्माले बताए।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको सहयोगमा सम्पन्न सो तालिम कार्यक्रममा दिशानिर्देश गर्दै कार्यकारी निर्देशक शर्माले प्रदेश प्रशिक्षण प्रतिष्ठान र स्थानीय तहको क्षमता वृद्धिमा प्रतिष्ठानको भूमिकाको बारेमा पनि प्रष्ट्याएका थिए । कोभिड–१९ को महामारीका कारण भर्चुअल माध्यमबाट तालिम गर्नुको विकल्प नरहे पनि आगामी दिनमा अझ प्रभावकारी ढङ्गले कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो ।
उहाँले नागरिकको सबै प्रकारका समस्या सम्बोधनको पहिलो संयन्त्र स्थानीय सरकार हुने र नागरिकलाई दिने सेवा प्रभावले पूरै राज्य संयन्त्रले जस वा अपजसको भागीदार हुनुपर्ने हुनाले स्थानीय तहका कर्मचारी सजग हुनुपर्ने बताए ।
यही जेठ २५ गतेदेखि चलेको प्रशिक्षणमा विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा क्रियाशील, स्थानीय तहका बारेमा राम्रो ज्ञान भएका विषय विज्ञले प्रदेश प्रशिक्षण प्रतिष्ठानले तयार पारेको पाठ्यक्रममा आधारित भएर सत्र चलाइएको सो प्रतिष्ठानका पाठ्यक्रम विकास विज्ञ विष्णु न्यौपानेले जानकारी दिनुभयो । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र र शैक्षिक सामाग्री सम्बन्धित स्थानीय तहमा पुगेर हस्तान्तरण गरिने तालिम संयोजक टेक नारायण ढकालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: