Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

किसानको दुखेसो : समयमा मलखाद पाउनै सकस

रासस

महेन्द्रनगर । मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै कोरोना त्रासदीका बीच किसानहरु खेतमा कतै धान रोपाइँ त कतै खनजोतमा भेटिन्छन् । 

कोरोनाको दोस्रो लहर ओरालो लागिरहेका बेला कञ्चनपुरका किसानहरुले भने मलखाद नपाउँदा खेती फस्टाउनेमा चिन्ता व्यक्त गरेका छन् । ‘न सरकारले किसानलाई कोरोना विरुद्धको खोप लगाउन लक्षित समूहमा राख्यो न त चाहिएका बेला मलखाद उपलब्ध गराउन पहल नै ग¥यो’, यहाँको वेदकोट नगरपालिका–५ का लालबहादुर डगौँराले भने, ‘लकडाउनले बजार बन्द रहँदा मलखाद खरिद गर्न पनि सहज भएन ।’

उनले खेती गर्ने बेला हरेक समय मलखाद अभाव झेल्नुपरेको दुखेसो पोखे । भारतबाट यहाँ लुकिछिपी आउने डिएपी, युरियालगायतका रसायिनक मल आयातमा स्थानीय प्रशासनले रोक लगाउँदा किसान थप मारमा रहेको उनको भनाइ थियो । 

’बर्खाका बेला किसानहरुलाई पनि प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनुपर्ने हो’, उनले भने, ‘महामारीका बेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, ज्येष्ठ नागरिकलाई खोप दिइए पनि उत्पादनमा लागेका किसानहरु जोखिम मोलेरै खेतमा काम गर्न बाध्य छन् ।’ चीनबाट पछिल्लो समय आयात गरिएको कोरोना विरुद्धको खोप कञ्चनपुरमा सात हजारभन्दा बढी मात्रामा आएको थियो । यहाँ केन्द्रको परिपत्रअनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिक, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई उक्त खोप लगाइँदैछ ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका स्थानीयवासी मदन चन्दले मलखाद आयातमा रोक लगाउन नहुने बताए । ‘कि त सरकारले किसानलाई मलखाद उपलब्ध गराउनु प¥यो होइन भने सीमावर्ती भारतीय बजारबाट सहजरूपमा आयात गर्न दिनुपर्छ’, उनले भने, ‘एकाध बोरा मलखाद सीमामा नियन्त्रणमा लिएर कुनै ठूलो उपलब्ध हुने होइन ।’ उनले भारतबाट लुकिछिपी आउने तस्करीको मल किसानले चर्को मूल्यमा खरिद गर्नुको विकल्प नरहेको बताए।

त्यसैगरी नेपाल किसान सङ्घका केन्द्रीय सदस्य नारायणदत्त पन्तले अहिलेको परिस्थितिमा किसानले सास्ती खेप्नुपरेको बताए । ‘सरकारले मल दिन नसकेको परिस्थिति छ”, किसान नेता पन्तले भने, ‘अन्यत्रबाट ल्याउँदा प्रहरी प्रशासन लगाएर नियन्त्रणमा लिइन्छ ।’ उनले समयमा खेती लगाउन मलखाद पनि समयमै पाउनुपर्नेमा जोड दिए । 

उनले चौतर्फी पीडाका बीच किसानहरु खेतीबारीमा काम गरिरहेको बताए । ‘किसानलाई खोप लगाउन सरकारले ध्यान देओस्’, उनले भने, ‘मिडियामा ठूलो मात्रामा खोप आउने भनिए पनि यहाँ किसानलाई बेवास्ता गरियो ।’ लकडाउनमा किसानलाई कृषि बीउबिजन, खाद्य सामग्री र कृषि सामग्री खरिदमा सहज गर्नुपर्ने उनको भनाइ थियो ।

यहाँको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले जिल्लामा किसानको मागअनुसार मलखाद पाउन नसकेको बताउनुभयो । उहाँका अनुसार कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यो वर्ष १० प्रतिशत मात्र रोपाइँ सकिएको छ । ‘कृषि सामग्री संस्थान र साल्ट टे«डिङ लिमिटेडले सहकारी र समूहमार्फत किसानलाई मलखाद बिक्री वितरण गर्ने गर्छन्’, उनले भने, ‘कोरोना कहरका बीच किसानहरु रोपाँइमा व्यस्त हुन थालेका छन् ।’  कञ्चनपुरमा दोधारा चादँनी, बेलौरी, बेल्डाँडी र पुनर्बास क्षेत्र हुँदै भारतबाट समेत खेतीको समय मलखाद आयात हुने गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending