दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई चारवटा भेन्टिलेटर सहयोग प्राप्त भएको छ । गोर्खा सिमिस्ट्री ट्रष्ट हङकङमार्फत ती भेन्टिलेटर सहयोग प्राप्त भएको हो । ती स्वास्थ्य सामग्रीलाई गोर्खा सिमिस्ट्री ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राई र नेकपा एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेलाई हस्तान्तरण गरे ।
सो अवसरमा ट्रष्टका अध्यक्ष राईले कोभिड महामारीको समयमा नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग गर्न संस्थाले सरकारी अस्पतालमा भेन्टिलेटर सहयोग गरेको बताए । उनले संस्थामार्फत नेपालका सरकारी अस्पतालमा ४५ भेन्टिलेटर हस्तान्तरण गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य शाक्यले अस्पताललाई भेन्टिलेटर सहयोग गरेकामा धन्यवाद दिँदै कोभिडपछि पनि भेन्टिलेटर अस्पतालका लागि अति उपयोगी हुने बताए । सहयोग हस्तान्तरण गरेकामा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले अस्तालमै आएर स्वास्थ्य सामग्री प्रदान गरेको जनाउँदै ट्रष्टका अध्यक्ष राईलाई धन्यवाद दिए ।
यसैबीच राप्ती प्रादेशिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ । सो सेवा सञ्चालनमा आएपछि सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म रु एक लाख बराबारको औषधि उपचार निःशुल्क गर्न पाउने छन् । पहिलोपटक लक्षित समूहले आकस्मिक अवस्थामा रु पाँच हजार, ओपिडीमा रु दुई हजार ५०० र भर्ना भएमा रु १० हजारसम्मको औषधि उपचार निःशुल्क पाउने अस्पतालले जनाएको छ ।
एकै पटकमा बिरामीले रु एक लाखको औषधि उपचार भने गर्न नपाउने सामाजिक एकाइ समितिका प्रमुख हिमा पौडेलले जानकारी दिए । उनका अनुसार सेवा पाउने लक्षित समूहमा गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसापीडित तथा पीडित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, विपद् एवम् प्राकृतिक प्रकोप भूकम्प बाढीपहिरो र आगलागीबाट पीडित, शहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी र सीमान्तकृत तथा लोपोन्मुख, आदिवासी जनजाति हुनुपर्ने छ । उपचार गर्न आउनेले परिचयपत्र अनिवार्य ल्याउनु पर्नेछ । परिचयपत्र नभएकाले भने यो सुविधा पाउने छैनन् । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले चार वर्षअघि उठाएको मुद्दा अहिले पूरा भएको बताए ।
सो एकाइको उद्घाटन गर्दै उनले ज्येष्ठ नगारिक, शहीद परिवार र जनयुद्धका घाइतेलाई अब रु एक लाखसम्मको उपचारमा कुनै समस्या नपर्ने र यसको सहजतका लागि उपमहानगरपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराउने घोषणा गरे । यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले मात्र चिकित्सकले सिफारिस गरेका आधारमा निःशुल्क उपचार सेवा पाउने गर्थे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: