कञ्चनपुर । सामुदायिक र संस्थागत विद्यालयमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिने भएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर तीव्ररूपमा फैलिरहेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न लागिएको हो । आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले नतिजा तयार गर्ने कार्य अगाडि बढाएका छन ।
जिल्लाका नौ वटै स्थानीय तहमा रहेका विद्यालय आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारीमा जुटेका हुन् । “आधारभूत तहको कक्षा १ देखि ३ मा उदार कक्षा उन्नतिको आधारमा नतिजा प्रकाशनको तयारी गरिएको छ”, शुक्लाफाँटा शिक्षा शाखाका प्रमुख टिकेन्द्रप्रसाद भट्टले भने, “कक्षा ४ देखि ५ मा शैक्षिक सत्र २०७७ मा लिइएको पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा ५० प्रतिशत र निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा ५० प्रतिशतलाई आधार बनाई नतिजा प्रकाशन गरिने छ ।”
उनका अनुसार कक्षा ६ देखि ७ मा शैक्षिक सत्र २०७७ मा लिइएको पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा ६० प्रतिशत र निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा ४० प्रतिशतका आधारमा नतिजा तयार गरिने छ ।
कक्षा ८ मा शैक्षिक सत्र २०७७ मा विद्यालयले सञ्चालन गरेको पहिलो र दोस्रो त्रैमासिक परीक्षाको सैद्धान्तिकतर्फ ८० प्रतिशत मूल्याङ्कन र विषय शिक्षकको २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा तयार गरिने छ ।
कक्षा ८ को प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क सम्बन्धित विद्यालयको एक्सल वेस्ट एचिभमेन्ट फाइलमा प्रविष्ट गरी २०७८ जेठ मसान्तसम्म अपलोड गर्नका लागि सम्बन्धित शिक्षा शाखाका प्रमुखले विद्यालयलाई जानकारी गराएका छन् ।
कक्षा ९ को परीक्षाको सैद्धान्तिकतर्फ ८० प्रतिशत मूल्याङ्कन र विषयगत शिक्षकको २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा जेठ मसान्तसम्म नतिजा प्रकाशन गर्ने समय सीमा निर्धारण गरिएको छ । आन्तरिक मूल्याङ्कन विद्यार्थीको अनुशासन, उपस्थिति र सिर्जनात्मक कार्यलाई आधार बनाइने छ ।
आन्तरिक मूल्याङ्कन र नतिजा प्रकाशनका लागि सम्बन्धित विद्यालयको प्रधानाध्यापकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा विद्यालयमा कार्यरत एक जना वरिष्ठ शिक्षक र एक जना कक्षा शिक्षक सदस्य रहेका छन् ।
विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न नसकिने भएकाले आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले नतिजा प्रकाशन गर्न लागेकोे भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले बताए । “विद्यार्थीको आन्तरिक मूल्याङ्कनका विधि र प्रक्रियाहरु स्पष्ट छन । सोहीअनुसार विद्यालयलाई नतिजा सार्वजनिक गर्न भनिएको छ”, उनले भने, “नतिजा प्रकाशन पनि अनलाइनबाट हुन्छ ।” बाँकी सबै प्रक्रिया गत वर्ष जस्तै हुने उनले बताए ।
कक्षा १ देखि ७ र कक्षा ९ को नतिजा सम्बन्धित विद्यालयले प्रकाशित गर्ने छन् भने कक्षा ८ को नतिजा नगरपालिकाले प्रमाणित गरेपछि मात्र प्रकाशन हुनेछ । गत वर्षसमेत कोरोना महामारीकै कारण आन्तरिक मूल्याङ्कन गरी नतिजा प्रकाशित गरिएको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - १९:३९
काठमाडौं । सांसद हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ‘निमित्त प्रधानमन्त्री’ भन्दै प्रतिनिधिसभामा व्यङ्ग्य गरेका छन्। बिहीबार संसद् ब...
आषाढ़ ४ गते, २०८३ - १९:३७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणलाई डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ। यस अभियानको औप...
आषाढ़ ४ गते, २०८३ - १९:३३
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेनालाई खटाएको भनी संसद्मा उठेका प्रश्नको जवाफ दि...
आषाढ़ ४ गते, २०८३ - १९:३१
काठमाडौं । नेपालको प्रमुख निर्यातजन्य उत्पादनमध्ये एक चिया उद्योग यतिबेला गम्भीर संकटमा परेको छ। भारतले लागू गरेको नयाँ कार्य सञ्चालन मापदण्डका कारण न...
आषाढ़ ४ गते, २०८३ - ०७:४८
दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले चौथो ‘बिश्वकर्मा भलिबल कप–२०२६’ आयोज...
आषाढ़ ४ गते, २०८३ - ०७:३६
जनकपुरधाम । चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका मधेसवासीको दैनिकी कठिन बन्दै गएको छ। दिनहुँ हुने अघोषित विद्युत् कटौतीले जनजीव...
आषाढ़ ४ गते, २०८३ - ०७:३०
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। ...
आषाढ़ ४ गते, २०८३ - ०७:२७
बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसान खुसी भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप...
आषाढ़ ४ गते, २०८३ - ०७:१५
काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...
आषाढ़ ४ गते, २०८३ - ०७:१०
काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...



प्रतिकृया लेख्नुहोस्: