काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा क्षेत्रका कुन कुन विधामा कति जनशक्ति आवश्यक छ भन्ने लेखाजोखा गरेर शिक्षा नीति तर्जुमा गर्न निर्देशन दिएका छन् ।
चिकित्सा शिक्षा आयोगको सातौँ बैठकलाई आज अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले भने, 'हामीलाई मुटुरोग, क्यान्सर रोगजस्ता विषयमा कति विशेषज्ञ जनशक्ति चाहिएको हो ? कति मध्यमस्तरको जनशक्ति चाहिन्छ ? सामान्य प्राविधिक जनशक्ति कति चाहिन्छ ? यसको हिसाब हुनुपर्छ र त्यसअनुसारको जनशक्ति उत्पादन नीति हुनुपर्छ ।' सो आयोगको विगत दुई वर्ष सन्तोषजनक नभएकाले प्रभावकारी काम गर्न उनले निर्देशन दिए ।
उनले त्यसरी आवश्यकताको पहिचान गरी जनशक्ति उत्पादन भएमा रोजगारीको पनि समस्या नहुने बताउँदै अस्पतालमा जाँदा आफूले पनि नर्सको अभाव देखेको उल्लेख गर्दै कतिपय अस्पतालमा आवश्यकता अनुसारको दरबन्दी सृजना नभएको समेत जनाए । 'गाउँमा अहिले पनि महिला स्वास्थ्य स्वंसेविका नै त्यहाँका ठूला चिकित्सक हुन् । शहर आएपछि मात्र त्यहाँका जनताले डाक्टर देख्न पाउँछन् । त्यसैले ती ठाउँमा नर्स तहको चिकित्साकर्मी पठाउन सकेमा पनि ठूलै उपलब्धी हुन्छ ।', प्रधानमन्त्री ओलीको भनाइ थियो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा चलेका चिकित्सा स्वास्थ्यका शैक्षिक कार्यक्रतर्फ औंल्याउँदै प्रधानमन्त्री ओलीले त्यसमा पुनरावलोकन गर्न आग्रह गरे । कुन विश्वविद्यालयले कति वटा कलेजलाई सम्बन्धन दिन पाउने भन्ने कुरा त्यो कलेजको सामथ्र्यमा भर पर्ने जनाउँदै प्रधानमन्त्री ओलीले भने, 'त्रिभुवन विश्वविद्यालयको क्षमता अन्य विश्वविद्यालयको भन्दा बढी हुन सक्छ । भर्खरै खुलेका विश्वविद्यालयले एउटा कलेजमा मात्रै सम्बन्धन दिने अवस्था हुनसक्छ, यसमा ध्यान दिनुपर्छ ।', उनले थपे । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: