Life insurence
Khabar Dabali ९ असार २०७८ बुधबार | 23rd June, 2021 Wed
Himalayan Golden detail page

६२ देखि ६४ वर्ष उमेर समूहबाहेक अन्यले भेरोसेल खोप लगाए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने

खबरडबली संवाददाता

कञ्चनपुर । लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कारवाही गर्ने जनाएको हो । यसबारे जिल्लाका सबै स्थानीय तहलाई खोप लक्षित वर्गका व्यक्तिलाई लगाउन सहयोग गर्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित समूहबाहेक अन्य खोप लगाउने व्यक्ति, खोप केन्द्र र केन्द्रका स्वास्थ्यकर्मीको विवरण प्रशासन कार्यालयमा पठाउन निर्देशन दिएका छन् । प्रजिअ महतोले जारी गरेकाे सूचनामा स्वास्थ्य कार्यालयबाट आएको विवरणका आधारमा कारवाही गरिने उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकसँगै छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, मेडिकल कलेजका विद्यार्थीलाई समेत खोप लगाइने भएपछि गैरलक्षित समूहका व्यक्ति पनि खोप लगाउन पुगेका छन् । गैरलक्षित समूहका व्यक्तिका कारण ज्येष्ठ नागरिक खोप केन्द्रमा खोप लगाउन असहज अवस्था देखिएको छ । लक्षित समूहका व्यक्तिसँगै उनीहरुका आफन्त पनि केन्द्रमा आउँदा समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लाका सबै स्थानीय तहमा मङ्गलबारदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो । खोप तीन दिनसम्म लगाइने छ ।–रासस 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्यो, कुल सङ्क्रमित भने ३ करोडभन्दा बढी

नयाँ दिल्ली ।  भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ ।   त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोडभ...

चीनद्वारा चार कम्पनीलाई कोरोनाको खोप विदेशमा निर्यात गर्न अनुमति

बेइजिङ ।  चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ ।  यी खोपहरुलाई चीनभित्र शर्त सहि...

अशक्त र परित्यक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताएका छन् ।  नेपाल बाल संगठनको ...

जातीय विभेद अन्त्यका लागि छुवाछूतमुक्त अभियान शुरु

चितवन । भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि छुवाछूत मुक्त अभियान शुरु गरेको छ । महानगरले नीतिगत कार्यक्रम नै बनाएर सामाजिक अन्तरघुलनका निम...

पहिराले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु, ३ जना घाइते

रोल्पा । अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९  लिउनमा तीनजनाको ज्यान  गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनी...

किशोरीलाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय पुरुष पक्राउ

दुल्लु । जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद...

मकवानपुरमा हालसम्म १२० जना कोरोना सङ्क्रमितको मृत्यु

वाग्मती । मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ  । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...

धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि अझै २ महिना लाग्ने

वाग्लुङ । धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट थप गर्न कम्तीमा दुई महिना समय लाग्ने भएको छ । द्रुत गतिमा काम थालिएको भए पनि प्लान्ट निर्माणका लागि निर्म...

किन गरियो भाइरल सन्तोषी सुब्बाको हत्या ? चिकित्सकका अनुसार उनी गर्भवती भएको आशंका

काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको प्रहरीले जनाएको छ ।   मन्दिर क्षेत्रमा प्रहरील...

बागलुङमा ३० हजार जनसङ्ख्या भएको २८ वडा पहिराको उच्च जोखिममा

बाग्लुङ । यस वर्ष बागलुङमा पहिराका कारण ३० हजार जनसङ्ख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ । बागलुङका २८ वडा पहिराको उच्च, २४ वडामा पहिराको मध्यम र ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy