Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

भारतमा गत २४ घण्टामा एक लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण

रासस

नयाँदिल्ली । भारतमा सोमबार एक लाख भन्दा कम  व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ ।  गत २४ घण्टामा भारतमा थप ८६ हजार ४९८ थप व्यक्तिको कोरोना सङ्क्रमण भएको छ ।  कोरोना सङ्क्रमितको यो संख्या ६३ दिनयताको सव भन्दा कम हो । 

कोरोना सङ्क्रमण शुरु भएयता यहाँ सङ्क्रमितको जम्मा संख्या २ करोड ९० लाख ९७ हजार १०९ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय मङ्गलबार जानकारी दिएको छ । त्यसैगरी भारतमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केही समययता यस प्रकोपको कारण ज्यान गुमाउने पनि केही कम भने भएको मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । 

भारतमा गत २४ घण्टामा २ हजार १२३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि यहाँ कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ५१ हजार ३०९ पुगेको छ  । गत २४ घण्टामा भारतमा १ लाख ८२ हजार २८२ जना सङ्क्रमित कोरोना मुक्त भएका छन् । यसैसँग भारतमा हालसम्म २ करोड ७३ लाख ४१ हजार ४६२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । ,


हाल यहाँ १३ लाख ३ हजार ७०२ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा जुन ६ तारिखसम्म ३६ करोड ६३ लाख ३४ हार १११ जनाको कोरोना परिक्षण गरेको सरकारी स्रोतले जानकारी दिएको छ । 

गत जनवरी १६ तारिखबाट यहाँ कोरोना भाइरसविरुद्ध खोपको अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्ध २३ करोड ६१ लाख ९८ हजार ७२६ डोज खोप लगाइएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies