काठमाडौं । सरकार पक्षका कानून व्यवसायीहरुले प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा संवैधानिक इजलासको रोष्टरमा रहेका ११ जना न्यायधीशहरुले मुद्दा हेर्न नपाउने सरकार पक्षका कानून व्यवसायीले जिकिर गरेका छन् ।
सरकार पक्षका कानून व्यवसायीले सिङ्गो न्यायलयमाथि नै गम्भिर प्रश्न उठाउँदै निवेदन दर्ता गरेपछि प्रधानन्यायधशी चोलेन्द्र शमशेर राणाले निवेदन फिर्ता लिन सरकार पक्षका वकिलहरुलाई चेतावनि दिएका छन् ।
राणाले यस गम्भिर विषयमा आफ्नो मर्यादामा रहन चेतावनी दिदै भने, ‘न्यायलयको विश्वास र सम्मान गर्नुहोस । जुन विषय तपाईहरुले उठाउनुभएको छ, त्यसमा बहस गर्नै नसकिने किसिमको छ । निवेदन तत्काल फिर्ता लिनुहुन्छ कि अदालतको गम्भिर अवहेलना मुद्दा खेप्नु हुन्छ ।’
प्रधानन्यायधीश राणाले बरिष्ठताको आधारमा सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलासमा सरकार पक्षका वकिलहरूले अवरोध सिर्जना गरेका छन् ।
सरकार पक्षका कानून व्यवसायीहरुले संवैधानिक इजलासको रोस्टरमा रहेका ११ जना न्यायधीहरुले संसद विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दर्ता गराएपछि आजको सुनुवाइ अवरोध सिर्जना भएको हो ।
अधिवक्ता राजाराम घिमिरे, कृष्णप्रसाद भण्डारी, दिपक मिश्र र यज्ञमणि न्यौपानेले संवैधानिक इजलासको रोस्टरमा रहेका ११ जना न्यायाधीशहरूले अहिलेको मुद्दा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै निवेदन दिएका थिए ।
उनीहरूले अहिले रोस्टरमा रहेका ११ जना न्यायाधीशहरूलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्दा रिट निवेदकमध्ये कतिपय सुनुवाइ समितिका सदस्य भएकाले उनीहरूको मुद्दामा ती न्यायाधीशले सुनुवाइ गर्न नमिल्ने तर्क गरेर निवेदन दिएका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: