Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

संसद विघटनसम्बन्धि मुद्दा : प्रधानन्यायधीश राणाद्वारा बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइकालागि प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलास पुर्नगठन गरेका छन् । 

पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर सहित, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन् ।

संवैधानिक इजलासको रोष्टरमा तीन नम्बरमा रहेका न्यायधीश हरिकृष्ण कार्कीलाई राखिएको छैन । यस अघि पुस ५ गते प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा सुनुवाइका लागि गठित इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीमाथि कानून व्यवसायीले निष्पक्षतको प्रश्न उठाएपछि उनी इजलासबाट बाहिरिएका थिए । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्ता रहेका थिए ।

उनको ठाउँमा छैटौं नम्बरमा रहेका ईश्वर खतिवडालाई ल्याइएको छ । यस संगै अव प्रतिनिधिसभा विघट विरुद्ध सर्वोच्चमा परेको रिटमाथिको सुनुवाईले गति लिने भएको छ ।

प्रधानन्यायधीश राणाले जेठ १४ गते गठित संवैधानिक इजलासमा रहेका न्यायधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि कानून व्यवसायीले निष्पक्षतामाथि प्रश्न उठाएपछि संवैधानिक इजलास प्रभावित हुँदै आएको थियो ।

न्यायधीश केसी र श्रेष्ठ नेकपा विवादमा रिट दायर कर्ताले माग्दै नमागेको विषयमा अगाडि बढेर फैसला गर्दा नेकपा विभाजन भएको तर्क विपक्षी कानून व्यवसायीले गरेका थिए ।

नेकपा विभाजन कै कारण संसद विघटन हुने पुगेको भन्दै कानून व्यवसायीले सोही मुद्दाका पक्ष विपक्ष अहिले सर्वोच्चमा रिट निवेदन लिएर आएकोले न्यायधीशले इजलासमा बस्न नपाउने दावी गरेका थिए । तर, कानून व्यवसायीले प्रश्न उठाएकै आधारमा आफुहरुले इजलास नछा्डने न्यायधीश केसी र श्रेष्ठले दावी गरेपछि इजलासमा रहेका अन्य दुई न्यायधीश दीपकुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिएका थिए ।

संवैधानिक इजलासमा न्यायधीशबीच नै पक्ष विपक्षमा राय बाझिएपछि जेठ १८ गते प्रधानन्यायधीश र सर्वोच्च बारका पदाधीकारीहरुको छलफलमा बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति भएको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending