Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

माओवादीबाट निर्वाचित यी जनप्रतिनिधि : स्वास्थ्यकर्मीसहित औषधि लिएर घरघर पुग्छिन्

खबरडबली संवाददाता

जुम्ला । तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा यतिबेला कोरोना सङ्कटमा जनताको सेवक बनेकी छन् । गाउँपालिकाभित्रका कोरोना सङ्क्रमितको मनोबल उच्च बनाउन घरदैलो अभियानदेखि सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्ने गर्छिन् । उनले सङ्क्रमितका परिवारलाई सहानुभूति दिंदै आएकी छन् । स्थानीय तहको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन ।

कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्रम लिएर जनताको घरदैलोमा पुगेकी उपाध्यक्ष बुढा दोस्रो लहरमा पनि सङ्क्रमितलाई भेटेर कोरोना सङ्क्रमण फैलन नदिनको लागि उच्च सतर्कताका साथ स्थानीयवासीसँग सहकार्य र समन्वय गर्दै आएकी छन् । कोरोना सङ्क्रमित व्यक्तिदेखि अन्य स्थानीयवासीसँग गाउँपालिकाका स्वास्थ्यकर्मी लिएर स्वास्थ्य परामर्श दिंदै उनले लक्षणअनुसारको औषधि उपलब्ध गराउँदै आएकी छन् । आफूले कोरोना सङ्क्रमितलाई एक क्यारेट अण्डा, औषधि र स्वास्थ्य परामर्श दिनहुँ दिदै आएको उपाध्यक्ष बुढाले बताइन ।

उनले भनिन्,'कोरोना सङ्क्रमित भन्ने बित्तिकै गाउँमा फरक तरिकाले हेर्ने गरिन्छ । कोरोना एक प्रकारको रोग हो । रोग लाग्दैमा मान्छे मर्दैन तर कोरोना देखिएको बेला अत्यधिक लापरवाही गरेको खण्डमा ज्यान पनि जान सक्छ ।' सङ्क्रमित र सङ्क्रमित परिवारले सचेत हुन जरुरी रहेकाले घरदैलो अभियान शुरु भएको उनको भनाइ छ । उपाध्यक्ष बुढासँगै स्वास्थ्य संयोजक गणेशबहादुर शाही, अहेब उत्तम देवकोटा पनि सङ्क्रमितको घरदैलोमा जाने गरेका छन् । उपाध्यक्ष बुढाले भनिन्, 'कोरोना सामूहिक समस्या भएकाले सामूहिक रुपमा प्रतिरोध गर्नुपर्छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्छ ।' सङ्क्रमितको स्वास्थ्यमा जटिल प्रकारको समस्या आउने बित्तिकै आफूलाई खबर गर्न आग्रह गर्छिन् । 

कोरोना सङ्क्रमणका कारण दिनहुँ ज्यान गइरहेको छ । उनी सबैलाई भन्छिन्, 'जटिल समस्या आएमा मलाई खबर गर्नुहोला, म तापइँहरुकै सेवामा रहने छु ।' अस्पतालसम्म लैजाने व्यवस्था स्थानीय सरकारले गर्ने गरेको उनको भनाइ छ । होम आइसोलेसनमा बसेका सङ्क्रमितले उच्च सतकर्ता अपनाउनु पर्ने उपाध्यक्ष बुढा बताउँछिन् । उनी गाउँपालिकाका नौवटै वडाको घरघरमा पुगेर सङ्क्रमित भएर घरमा बस्नेले ध्यान दिनुपर्ने कुराहरुदेखि घरबाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न, समयसमयमा सेनिटाइजर वा साबुन पानीले नियमित हात धुन र भिडभाड नगर्न  सल्लाह दिने गर्छिन् ।

गाउँपालिका–३ का होम आइसोलेसनमा बसेका सङ्क्रमित दत्त गिरीले उपाध्यक्षले घरदैलोमा पुगेर बिरामीको मनोबल उच्च बनाउने कार्य गरेकामा खुसी व्यक्त गर्दै भने, 'जनप्रतिनिधिले यसरी बिरामी परेको बेला घरमै आएर सान्त्वना दिँदा पनि निकै राहत हुने रहेछ । घरदैलोमा पुगेर सङ्क्रमित भेटेर स्वास्थ्य परामर्श दिदै लक्षणअनुसारको औषधि उपलब्ध गराउनु निकै ठूलो कुरा हो ।' जनता कोरोनाबाट सङ्क्रमित भई दुःखमा परेको बेला हामी जनप्रतिनिधि घरमै पुग्दा उनीहरुको आत्मबल बढेको उपाध्यक्ष बुढाको अनुभव छ । 

गाउँपालिकाका स्वास्थ्य संयोजक गणेशबहादुर शाहीले घरदैलोमा पुगेर सङ्क्रमितालाई ऊर्जा दिने काम उदाहरणीय भएको बताए । सो गाउँपालिकामा २५ शय्याको आइसोलेसन र पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको उनले बताए । गाउँपालिकाको तीन स्थानमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । 

खाद्यान्नमा २० प्रतिशत छुट 
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले निषेधाज्ञा अवधिभर खाद्यान्नमा २० प्रतिशत छुट दिएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र सोको मूल्य तथा बिक्री हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय गरेअनुसार उल्लेखित छुट तथा सहुलियतको कार्यान्वयन शुरु भएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending