धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको केन्द्रस्तरको विवादको असर प्रदेश नं. २ को सरकारमा पनि पर्ने देखिएको छ । जसपाका मुख्यमन्त्री लालबाबर राउत नेतृत्वको प्रदेश सरकार ढाल्न सो पार्टीबाटै प्रयास शुरु भएको छ । राउत मुख्यमन्त्री र संसदीय दलको नेताबाट हटाएर मनिष सुमनलाई बनाउन अध्यक्ष ठाकुरले निर्देशन दिइसकेको जनाइएको छ । सुमनलाई नेकपा (एमाले) को समर्थन रहने स्थिति छ । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनाल पनि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री बन्ने कोशिशमा छन् ।
प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनको सरकार बनेकामा एक वर्ष अघि पार्टी एकीकरणपछि जसपा बनेको थियो । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकार्कालाई कारबाही गरेपछि निर्वाचन आयोगमा पुगेको विवादको टुङ्गो नलाग्दासम्म कानूनी रुपमा पार्टी एक भएपनि व्यवहारिक रुपमा विभाजित भइसकेको छ ।
जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री एवं सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग तथा अर्का अध्यक्ष यादव प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गठबन्धनमा छन् ।
काँग्रेसका प्रदेश संसदीय दलका नेता रामसरोज यादवले नयाँ गठबन्धनका विषयमा छलफल भइरहेको र केन्द्रबाट आउने निर्देशनका आधारमा अघि बढ्ने बताए ।
कूल १०७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका तीन जना कारबाहीपछि अहिले १०४ सांसद छन् । तत्कालीन सङ्घीय समाजवादी पार्टीका ३०, तत्कालीन राजपाका २५, एमालेका २१, काँग्रेसका १९, माओवादी केन्द्रका ८ र नेपाल सङ्घीय समाजवादी पार्टीका १ सांसद छन् । सरकार बनाउन ५३ सांसद आवश्यक पर्छ ।
बजेट पारित गराउने तयारी
आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले मुख्यमन्त्री राउतले महन्थ पक्षका मन्त्रीलाई तत्काल नहटाउने भएका छन् ।
पूर्व राजपाका प्रमुख सचेतक परमेश्वर साहले यही जेठ २७ गते प्रदेश सरकारले नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने कार्यक्रम रहेको बताउँदै भने, ‘नीति कार्यक्रम र बजेट पारित गराउन हाम्रो भूमिका के हुने अहिल्यै भन्न सकिदैन ।’ रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: