काठमाडौं । प्रतिनिधि सभा विघटनल विरुद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाई नै नभइ संवैधानिक इजलास विवादमा तानिएको छ ।
शुत्रबार प्रधानन्यायधीश चोलेन्द्र शमाशेर राणाले संसद विघट विरुद्ध परेको रिटमाथि सुनुवाई गर्र्न आफुसहित ५ जना न्यायधीशको इजलास गठन गरेका थिए । तर, इजलासमा दुई जना न्यायधीशको सहभागिताबारे कानून व्यवसायीहरुले प्रश्न उठाएपछि संवैधानिक इजालास विवादको घेरामा तानिएको हो ।
विपक्षी गठबन्धनले दायर गरेको रिटमाथि बहस गर्ने कानून व्यवसायीहरुले न्यायधीश द्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसी संसद विघटन सम्बन्धि इजलासम बस्न नमिल्ने तर्क गरेपछि प्रधानन्यायधीश राणाले संसद विघटन सम्बन्धि मुद्दा थाँती राखेर न्यायधीशको पक्षविपक्षमा बहस चलाएका थिए ।
विपक्षी गठबन्धनका कानून व्यवसायी गोविन्द वन्दी, शम्भु थापा, बद्री बहादुर कार्की, टिकाराम भट्टराई, रमण श्रेष्ठ लगायतले नेकपा विवादमा न्यायधीश श्रेष्ठ र केसीले फैसला सुनाएको भन्दै संवैधानिक इजलासमा बस्न नहुने तर्क राखेका थिए ।
सोही विसयमा छलफल गर्न सोमबार प्रधानन्यधीश राणा सहित संवैधानिक इजलासका ५ जना न्यायधीशबीच छलफल भएको थियो । तर, कानून व्यवसायीले प्रशन उठाउँदैमा आफुहरुले इजलास नछाड्ने बताएपछि उनीहरुले आज संवैधानिक इजलासमै आफ्नो राय दिने बताइएका छन् ।
इजलासमा सहभागी बाँकी दुई न्यायधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले न्यायधीशमाथि प्रश्न उठिसकेपछि नैतिकताको आधारमा इजलासमा बस्न नमिल्ने मनसाय व्यक्त गरेका छन् । विवाद हल गर्नको लागि संवैधानिक इजलासको रोष्टरमा छलफल गराउनुपर्ने राय उनीहरुले राय व्यक्त गर्नु पर्ने धारणा राखेका थिए ।
संवैधानिक इजलासको रोष्टरमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपनाप्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन्।
दुई न्यायाधीशबारे आफू संवैधानिक इजलासमा बस्ने कि नबस्ने आज निर्णय हुने बताइएको छ । प्रतिनिधि सभा विघटनल विरुद्ध परेका रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। तर, सरकार पक्षका कानून व्यवसायीहरले विपक्षीबाट आफु अनुकुल निर्णय गराउन अदालतलाई अनावस्यक दवाव दिन खोजको आरोप लगाएका छन् ।
महान्याधीवक्ता रमेश बडालले संवैधानिक इजलासमा दुई जना न्यायधीशले राय दिन नमिल्ने भए २० जना न्यायधीशले राय दिन नमिल्ने बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...



प्रतिकृया लेख्नुहोस्: