Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसंग ६–२ गोलअन्तरले पराजित

रासस

काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित भएको हो । 

इराकसितको खेलमा नेपालको रक्षापङ्क्ति निकै कमजोर देखिन्थ्यो । मध्यान्तरअघिको खेलमा इराकले चार गोल गर्न सफल भएको थियो । मध्यान्तरपछिको खेलमा इराकले थप दुई गोल गरेको थियो । खेलमा इराकले शुरुआती अग्रता लिएको थियो । इराकका लागि खेलको सातौँ मिनेटमा कप्तान अला अब्दुल जहर खासिनले पहिलो गोल गरेका थिए । खासिनले प्रहार गरेको फ्रिकिकको नेपाली गोलरक्षक किरण चेम्जोङले बचाउ गर्न सक्नुभएन् । लगत्तै इराकी खेलाडीले आफ्नै गोलपोष्टमा आत्मघाती गोल गरे । 

खेलको आठौँ मिनेटमा इराकका अहमद इब्राहिमले आत्मघाती गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याउनुभयो । त्यसपछिको आधा घण्टासम्म दुवै पक्षबाट गोल हुन सकेन । सो क्रममा दुवै पक्षबाट गोलको उत्कृष्ट प्रयास भएका थिए । खेलको ३०औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले गोल गरे । उनले आफ्नो डेब्यू खेलमा उत्कृष्ट गोल मात्रै गर्नुभएन नेपाललाई २–१ गोलको अग्रता दिलाउनुभयो । अग्रतालाई कायमै राख्न सकेको भए नेपालले फुटबलमा निकै बलियो मानिएको इराकलाई उसकै घरेलु मैदानमा पराजित गर्ने इतिहास नै बनाउँथ्यो । 

पहिलो हाफको अन्तिम समयमा इराकी खेलाडीले थप तीन गोल गर्दै नेपाली फुटबल प्रेमीलाई निराश पारे । खेलको ३५औँ मिनेटमा इराकी खेलाडी मोहम्मद अब्दुल जारा ओबेदले दोस्रो गोल गरे । यही बीचमा नेपाली टोलीका महत्वपूर्ण खेलाडी रोहित चन्द टाउकोमा चोट लागेपछि मैदानबाट बाहिरियो । यही मौकामा यस्तै खेलको ४०औँ मिनेटमा तथा इन्जुरी समयमा इराकी खेलाडी अयमन हुसेनले खेललाई ४–२ को अवस्थामा पुर्यायो । 

मध्यान्तरपछिको खेलमा नेपालले निकै दबाबमा खेल्नुप¥यो । यद्यपि इराकलाई मध्यान्तरअघिको खेलमा जस्तै धेरै गोल गर्न भने नेपाली टोलीले दिएन । खेलको ६७औँ मिनेटमा इराकका लागि मोहनाद अली अल्सामरीले गोल गर्दै ५–२ को अवस्थामा पुर्याए । यस्तै खेलको ७५औँ मिनेटमा सज्जाद जासिमले गोल गर्दै इराकलाई ६–२ गोलअन्तरले विजयी गराए । नेपाली गोलरक्षक चेम्जोङले पहिलो हाफको तुलनामा मध्यान्तरपछिको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरे ।  

नेपालले इराकसित दुई दशकपछि खेल खेलेको हो । यसअघि नेपालले इराकसित सन् २००१ मा खेलेको थियो । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको वरियताअनुसार नेपालभन्दा इराक १०३ स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा इराक ६८औँ स्थानमा छ भने नेपाल १७१औँ स्थानमा छ ।  

कोरोना भाइरसको महामारीका कारण शनिबारको खेलमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको थियो । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अनुसार इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली फुटबल टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत जाने छ । मैत्रीपुर्ण खेल, विश्वकप छनोट र एशियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गरेका हुन्। 

समूह बी मा रहेको नेपालले विश्वकप छनोटअन्तर्गत जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । 

विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार बेहोरेको छ । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का सदस्य सचिव रमेशकुमार सिलवाल पनि हाल नेपाली टोलीका साथ इराकमै रहनुभएको छ । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश- अब कुनै आमाको काख नरित्तियोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।  सहिद दिवसका अव...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।  ...

दक्षिण कोरियामा नेपाली कामदारको कोटा बढाउनेदेखि उमेर घटाउनेसम्मका प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य हात पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE