काठमाडौं । सरकारले अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता र अतुलनीय सामाजिक–सांस्कृतिक बहुलताबाट प्राप्त पर्यटकीय सम्भावनाको उपयोग गरी नेपाललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य निर्धारण गरेको छ । यसबाट कोरोना कहरका कारण ठप्प भएको पर्यटन क्षेत्रमा नयाँ उभार आउने सरकारको विश्वास छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रको विविधीकरण र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
सरकारले सन्दकपुर, धनुषाधाम, इनद्रसरोवर, पञ्चासे, निग्लिहवा, कुपिण्डे दह र भादगाउँलगायतका स्थानमा पर्यटन पूर्वाधार निर्माण गर्ने तथा मुक्तिनाथ क्षेत्रको आनी गुम्बा र कागबेनीको पिण्डस्थान पुनःनिर्माण कार्यलाई निरन्तरता दिन प्राथमिकता राखेको छ ।
यस्तै काठमाडौं उपत्यका नजिकका सम्भाव्य स्थानमा पदयात्रा मार्ग, हाइकिङ डेस्टिनेसन एवं साइक्लिङ ट्रेल निर्माण गर्ने तथा फेवाताल वरिपरि वातावरणमैत्री साइकल सर्किट निर्माणलाई बजेटले प्राथमिकतामा राखेको छ । दार्चुलाबाट ताप्लेजुङसम्म हिमालय पदमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने, चुरे तथा महाभारत शृङ्खलाका सम्भाव्य स्थानमा होटल, मोटल, रिसोर्टलगायत शीतल आवास निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराउने विषय बजेटमा समावेश छ ।
रारा, शे–फोक्सुण्डो ताल, खप्तडलगायत प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानलाई आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न बजेट व्यवस्था गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो । तल्लो डोल्पा, हुम्लाको सिमीकोट, धादिङको रुबीभ्याली, दोलखाको रोल्वालिङ, ताप्लेजुङको ओलाङचुङ्गोलालगायतका क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिनेछ भने पदयात्रा तथा हिमाल आरोहणमा जाने पर्यटकको सुरक्षा तथा उद्धारका लागि जिपिएस ट्र्याकिङसहितको एकीकृत पर्यटन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने सरकारले प्राथमिकता निर्धारण गरेको छ ।
बजेटमा इलामको माइपोखरी, सुनसरीको बर्जु ताल, कपिलवस्तुको जगदीशपुर ताल, पाल्पाको सत्यवती ताल, रुकुमको स्यार्पु ताल, कैलालीको बेहेडाबाबा ताललगायतका महत्वपूर्ण तालको संरक्षण एवं सौन्दर्य अभिवृद्धि गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्राथमिकता निर्धारण गरिएको छ ।
माउण्टेनियरिङ, बन्जीजम्पिङ, रकक्लाइम्बिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ, जिपलाइन, कायाकिङलगायतका साहसिक पर्यटन प्रवद्र्धन गर्दै साहसिक पर्यटनका क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न बजेट केन्द्रित छ । स्थानीय तह र निजी क्षेत्रको समन्वय एवं सहकार्यमा कृषि पर्यटन, पर्या–पर्यटन, हिमालयन योगा पर्यटन, उच्च उचाइ खेल पर्यटन, शैक्षिक पर्यटन र सम्मेलन पर्यटन प्रवद्र्धन पनि बजेटमा समावेश छ ।
सिमरौनगढ, मकवानपुरगढी, सिन्धुलीगढी, जितगढीलगायत ऐेतिहासिक गढी–किल्लाको संरक्षण र विकास गर्ने तथा धार्मिक–सांस्कृतिक तथा सिमसार क्षेत्रमा परिपथ निर्माण गर्न विस्तृत अध्ययन गर्न बजेट उपलब्ध गराइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...



प्रतिकृया लेख्नुहोस्: