Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

भक्तपुर नगरपालिकाद्वारा अक्सिजन प्लान्टका लागि एक करोड ३५ लाख सहयोग

भक्तपुरमा सक्रिय सङ्क्रमित घट्दै

रासस

भादगाउँ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरण व्यवस्था गर्न लागि विभिन्न सहकारी संस्था, सङ्घसंस्था र दाताबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने क्रम जारी छ । यसै क्रममा बिहीबार मात्र रु ७१ लाख ३१ हजार ९२७ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा यही जेठ ५ देखि १३ गतेसम्ममा रु एक करोड ३४ लाख ६९ हजार ६२५ सहयोग प्राप्त भएको छ ।

भक्तपुर नपाभित्रका सहकारी संस्थाबाट बिहीबार प्राप्त सहयोगमा सदिच्छा बचत तथा ऋण सहकारी संस्थाबाट रु ११ लाख ११ हजार १११, दियालो बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख, सञ्चित बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख, झींगु बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख, लोकेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख ११ हजार १११, महेश्वरी बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख १९ हजार ६५५ रहेको छ ।

त्यस्तै सुकुन्दा बचत तथा ऋण सहकारी संस्थाबाट रु दुई लाख, चोछेँ छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख ११ हजार १११, जय भीमसेन बचत तथा ऋण सहकारी संस्थाबाट रु ५० हजार, विकास बचत तथा ऋण सहकारी संस्थाबाट रु २५ हजार, आवश्यक कृषि सहकारी संस्थाबाट रु पाँच हजार, श्री श्रद्धा बचत तथा ऋण सहकारी संस्थाबाट रु ५० हजार ५५५, आधुनिक कृषि सहकारी संस्थाबाट रु २५ हजार ६०, यक्षेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख र कस्मिक बचत तथा ऋण सहकारी संस्थाबाट रु दुई लाख सहयोग प्राप्त भएको नगरप्रमुख सुनिल प्रजापतिले बताए । 

त्यस्तै व्यक्तिगत तर्फबाट स्व कृष्ण गोसाई÷लक्ष्मी थकु गोसाईले रु १२ हजार ३३, कविन्द्र शाक्यरसुनिला माकले रु ३० हजार, हरिबहादुर कवांले रु ५० हजार ५०५, श्री सिद्धी गणेश मोटर पार्टस्बाट रु १० हजार १००, कृष्णप्रसाद ताम्राकारबाट रु एक लाख, कमलश्वरी सुवालबाट रु पाँच हजार, सुबिन कवां ९हाल अमेरिका०बाट रु २० हजार, नाति कवांबाट रु २० हजार, विश्वराम कवांबाट रु एक लाख, मीनबहादुर ग्वाछाबाट रु पाँच हजार, प्रा डा सिद्धिवीर कर्माचार्यबाट रु एक लाख चार हजार ४४४, आशकुमार कोजुबाट रु एक लाख र सत्यनारायण सुवालबाट रु २५ हजार ५५५ आर्थिक सहयोग जुटेको छ । तुल्सीकृष्ण बाटीबाट रु ५० हजार, बाबुराजा ह्यौम्बाबाट रु ११ हजार १११, रामबहादुर कसपालबाट रु १० हजार, जयसुन्दर हाडाबाट रु ५० हजार, तुल्सीमाया सुवालबाट रु एक लाख, रामप्रसाद प्रजापतिबाट रु एक लाख पाँच हजार, हरिकृष्ण महर्जन चन्द्रागिरिबाट रु ५० हजार तीन, ज्ञानमान डङ्गोल टोखाबाट रु १० हजार ११, अष्ट महर्जन चन्द्रागिरिबाट रु २५ हजार एक, अस्मिता महर्जन चन्द्रागिरिबाट रु २५ हजार एक, आकृति त्वानाबासुबाट रु पाँच हजार ५५५ र पृथ्वीकुमार प्रजापतिबाट रु ५० हजार ५०५ आर्थिक सहयोग प्राप्त भएको नगरप्रमुख प्रजापतिले बताए ।

त्यसैगरी ख्वप इञ्जीनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जीनियरिङको तर्फबाट रु २५ लाख, २ नं वडा कृषक समूहबाट रु १० हजार, बाल विकास स्कूल शिक्षक र कर्मचारी)को तर्फबाट रु एक लाख एक हजार १११, मेथिबारी युवा समूहबाट रु नौ हजार ५००, लोकेश्वर इन्टरप्राइजेजबाट रु पाँच हजार ३०३, श्रीश्री श्री इन्द्रायणी माता निजी गुठीबाट रु ५० हजार र इको प्यानल नेपाल प्रालिबाट रु एक लाख सहयोग प्राप्त भएको छ । गणेश समूहबाट रु ५० हजार, निवृत्त शिक्षक समाजबाट रु एक लाख, सिद्धिगणेश खेलकुद समितिबाट रु २० हजार एक, नवदुर्गा नास बचत समूहबाट रु ३० हजार ३३३, हाडा (बिजुक्छेँ) दिगु–द्यो जीर्णोद्धार समितिबाट रु एक लाख, वासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठान, पुत्री सर्जनी जोशीमार्फत रु ५० हजार, भक्तपुर लायन्स समन्वय समितबाट रु तीन लाख र कमलाभक्त फाउण्डेशनबाट रु दुई लाख २२ हजार २२२ सहयोग गरेको छ । 

भक्तपुरमा सक्रिय सङ्क्रमित घट्दै

भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बुधबार शून्यमा झरेको छ । नयाँ भेरिएन्टसहित कोरोनाको दोस्रो लहर सङ्क्रमणले दैनिक आधा दर्जनको सङ्ख्यामा सङ्क्रमितको मृत्यु भइरहेको भक्तपुरमा बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भक्तपुरमा बुधबारसम्म २४५ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । उनका अनुसार भक्तपुरमा मङ्गलबार आठ, सोमबार छ र आइतबार छ सङ्क्रमितको मृत्यु भएको थियो । भक्तपुरमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु भएकामध्ये १६२ पुरुष र ८३ महिला छन् । जिल्लाका चार स्थानीय तहमध्ये मध्यपुरथिमिमा ६१ पुरुष र २५ महिला गरी ८६ जनाको मृत्यु भएको मिजारले बताए । त्यस्तै भक्तपुर नगरपालिकामा ३९ पुरुष र २६ महिला गरी ६५, सूर्यविनायक नगरपालिकामा ४१ पुरुष र २३ महिला गरी ६४ र चाँगुनारायण नगरपालिकामा २१ पुरुष र नौ महिला गरी ३० जनाको मृत्यु भएको छ ।

भक्तपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत घट्न थालेको छ । यहाँ हाल तीन हजार ५९७ सक्रिय सङ्क्रमित रहेको मिजारले बताए । भक्तपुरमा मङ्गलबार तीन हजार ७२४, सोमबार तीन हजार ९५४, आइतबार चार हजार ६७ र शनिबार चार हजार १२० सक्रिय सङ्क्रमित रहेका थिए । यहाँका सक्रिय सङ्क्रमितमध्ये ११५ पुरुष र ८८ महिला विभिन्न अस्पताल र आइसोलेशन केन्द्रमा उपचाररत छन् । त्यस्तै एक हजार ८०३ पुरुष र एक हजार ५९१ महिला होमआइसोलेशनमा छन् ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies