Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

पत्रकार महासङ्घ जिल्ला शाखाद्वारा  १३७ अक्सिजन सिलिण्डर  सहयोग

रासस

सिन्धुपाल्चोक । कोरोना सङ्क्रमित बढ्दै गएको र अक्सिजन अभाव भएपछि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले तत्कालका लागि १३७ सिलिण्डर अक्सिजन भरेर सबै आइसोलेशनमा पठाउने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले यहाँका लागि अक्सिजन उपलब्ध गराएका छन्  ।

आइसोलेशनमा अक्सिजन अभाव भएको र तीन दिन लाइन बस्दा पनि सहजरूपमा अक्सिजन उपलब्ध नभएपछि पत्रकार महासङ्घले ढकालसँग समन्वय गरी एकैपटक ठूलो सङ्ख्यामा सिलिण्डर भरेर प्रदान गर्न लागिएको हो । छिमेकी जिल्लामा अक्सिजन भर्न समस्या भएपछि यसअघि यहाँ प्रमुख जिल्ला अधिकारी भएर बस्नुभएको र हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालको समन्वयमा अक्सिजन भर्न लागिएको पत्रकार महासङ्घका उपाध्यक्ष दिनेश थापाले जानकारी दिए  ।

कोरोना महामारी बढेपछि नेपाल पत्रकार महासङ्घले कोभिड–१९ राहत कोष स्थापना गरेको थियोे । त्यही कोषबाट हाल १३७ सिलिण्डर अक्सिजन भरेर जिल्ला ल्याउन लागिएको उपाध्यक्ष थापाले जानकारी दिए । महासङ्घले स्थापना गरेको कोषमा हालसम्म रु १३ लाख सङ्कलन भएको छ । जिल्लामा अक्सिजन अभाव भएको थाहा पाएपछि आफूले समन्वय गरेर सुनसरीबाट अक्सिजन भरेर पठाउन लागिएको सुनसरीका प्रजिअ ढकालले जानकारी दिए ।

अब यो सिलिण्डर सिन्धुपाल्चोकमा आएपछि कम्तीमा १० दिनका लागि अक्सिजन समस्या नहुने स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा दत्त चापागाईँले जानकारी दिए । महासङ्घले स्थापना गरेको कोषबाट आइसोलेशनमा रहेका बिरामीलाई अन्य स्वास्थ्य सामग्री र पोषिलो खानेकुरासमेत उपलब्ध गराइने महासङ्घका उपाध्यक्ष थापाले बताए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies