Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई १० हजार किरिया खर्च उपलब्ध

अक्सिजनका लागि अस्पताललाई सहयोग

रासस

टीकापुर ।  कैलालीको टीकापुर नगरपालिकाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई रु १० हजार क्रियाखर्च उपलब्ध गराउने भएको छ । नगरपालिकाले कोरोना महामारीले आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन क्रियाखर्च उपलब्ध गराउने निर्णय गरेको हो । 

टीकापुरमा कोरोना महामारीको दोस्रो भेरियन्टपछि २९ जनाको मृत्यु भएको छ । महामारीकै कारण मृत्यु भएका परिवारको मनोबल बढाउनुका साथै ‘तपाईंको दुःखमा स्थानीय सरकारसँगै छ’ भन्ने आभाष दिलाउन क्रियाखर्च दिने निर्णय भएको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताए । “अधिकांश मृतकका परिवार पनि सङ्क्रमित छन्, परिवारका सदस्य गुमाएका उनीहरुलाई एकतिर परिवार नै सङ्क्रमित, अर्कोतर्फ सामाजिक समस्या पनि छन्”, नगर प्रमुख रावलले भने , “यस्तो बेला सरकारको उपस्थिति जनाउन हामीले थोरै रकम भए पनि सहयोग गरौँ, उहाँहरुको घरदैलोमा पुगौँ भनी यो कार्य थाल्ने भएका हौँ ।”

मृतकका परिवारलाई राहत लिएर जनप्रतिनिधि र स्वास्थ्यकर्मी जाने भएका छन् । नगरपालिकाले सङ्क्रमणका कारण मृत्यु भएका, मृत्युपछि सङ्क्रमित भएका परिवारमा अन्य खाले स्वास्थ्य समस्या र मनोसामाजिक समस्या नहोस् भनी स्वास्थ्य परामर्शसमेत दिन थालेको छ । “हामीले सामान्य समस्या भएकालाई परामर्श दिन्छौँ, जटिल समस्या भएकालाई चिकित्सकको सहयोग लिएर पनि उनीहरको स्वास्थ्य समस्या थप नबिग्रियोस् भनी काम गर्न थालेका छौँ”, नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले भने, “यस्तो विपत्तिमा सबैभन्दा पहिले नागरिकको आत्मविश्वास बढाउने सहयोगी छन्, सरकार छ भन्ने आभाष दिलाउने कार्य भइरहेको छ ।”

नगरपालिकाले सङ्क्रमित परिवारलाई अन्य स्वास्थ्य समस्या नहोस् भनी घरदैलो कार्यक्रमसमेत थालेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी स्वास्थ्य सामग्री र औषधिसहित सङ्क्रमितका घरमा पुग्ने गरेका छन् । नगरपालिकामा रहेका कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउन स्वास्थकर्मीहरु घरमै पुग्न थालेका हुन् । सङ्क्रमित परिवारलाई घरमै गएर परामर्श दिने, सङ्क्रमितसँग सम्पर्कमा रहेकाहरुलाई परीक्षणमा ल्याउने काम स्वास्थ्यकर्मीले गर्न थालेका हुन् ।
 
नगरपालिकाले सङ्क्रमितसँग विगत १४ दिनको दैनिकी सोधपुछ गर्ने गरेको छ । स्वास्थ्यकर्मीका साथमा जनप्रतिनिधिसमेत जान थालेका छन् । “मास्क, सेनिटाइजर, ज्वरो नाप्ने थर्मोमिटर, फ्लोर क्लिनर, पानी शुद्धीकरण गर्ने पियुस, साबुन, ज्वरोको औषधि दिने गरेका छौँ”, जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक रावलले भने, “ सिआइसीटी नाम दिइएको यो कार्यक्रमअन्तर्गत सङ्क्रमित परिवारको हालको अवस्था र परिवारको अवस्थाबारे बुझ्ने काम हुन्छ ।”

संयोजक रावलकाअनुसार सङ्क्रमित र उनीहरुका परिवारको स्वास्थ्य अवस्था बुझ्न विभिन्न मापदण्ड रहेको फारम भर्ने कामसमेत भइरहेको छ । यसका लागि नगरपालिकाले स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोली परिचालन गरेको हो । रावलले समुदायमा सङ्क्रमण फैलिएको भए पनि दूरी कायम गरेर स्वास्थ्यकर्मीलाई सेवामा खटाएको बताए । “हामीले स्वास्थ्य सेवा सबै सञ्चालन गरेका छौँ, गाउँघर क्लिनिक, खोप क्लिनिक, परिवार नियोजन सेवा, आमा सुरक्षाका सबै कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने । 

हाल टीकापुरमा १४५ सक्रिय सङ्क्रमित छन् । उनीहरु सबैको घरमा स्वास्थ्यकर्मी पुग्ने भएका छन् । यसका साथै नगरपालिकाले कोरोना पोजिटिभ देखिएकालाई टेलिफोन गरी सुरक्षित रहनसमेत आग्रह गर्ने गरेको छ । नगरपालिकामा दोस्रो भेरियन्टपछि हालसम्म २८८ सङ्क्रमित भएका छन् । तीमध्ये ११४ जना निको भएका छन् भने दोस्रो भेरियन्टकै कारण २९ जनाको ज्यान गएको छ । 

अक्सिजनका लागि अस्पताललाई सहयोग

कोरोना महामारी समुदायस्तरमै फैलिएपछि कैलालीको  टीकापुर अस्पताललाई सबैतिरबाट अक्सिजन सहयोग हुन थालेको छ । कोरोना समुदायस्तरमै फैलिएपछि अस्पतालमा बिरामीसमेत बढेको अवस्थामा अक्सिजन जोहो गर्न अस्पताललाई समस्या भएपछि सबैतिरबाट सहयोग जुटेको हो । 

टीकापुर नगरपालिकाले अस्पताललाई ४६ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । नगरपालिकाले  अस्पतालमा कोरोनाका बिरामीको उपचारमा सहज होस् भनी रु १० लाखभन्दा बढी रकम खर्च गरी अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । यसका साथै अस्पताल परिसरमा निर्माण गर्ने तयारी शुरु भएको अक्सिजन प्लान्टका लागिसमेत नगरपालिकाले रु २० लाख रकम विनियोजन गरेको स्वास्थ्य शाखा संयोजक रावलले बताए ।

नगरपालिकाले बुधबारमात्र नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीबाट रकम सङ्कलन गरी ८० थान अक्सिजन रिफिल गरिदिएको छ । यसका साथै चार थान अक्सिजन फ्लो मिटर अस्पताललाई हस्तान्तरण गरेको छ । महामारी नियन्त्रणका लागि सहयोग होस् भनी जनप्रतिनिधि तथा कर्मचारीले केही दिनको तलब कट्टा गरी अस्पतालमा भर्ना भएका बिरामीका लागि अक्सिजन जोहो गरिदिएको अस्पताल विकास समितिका अध्यक्ष दीपकबहादुर रावलले बताए । “यो सङ्कटको समयमा स्थानीय सरकार, कर्मचारी, सङ्घसंस्था, नागरिक सबैले सहयोग जुटाउन थाल्नुभएको छ”, अध्यक्ष रावलले भने, “यसबाट हामीलाई उपचार सेवा दिन र नागरिकको ज्यान बचाउन सहयोग पुगेको छ ।”

टीकापुर अस्पतालमा ४३ जना बिरामी उपचाररत छन् । वैशाख महिनायता अस्पतालबाट ८० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३५ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा टीकापुर, लम्कीचुहा, भजनी नगरपालिका, जानकी, बर्दगोरिया, जोशीपुर, मोहन्याल गाउँपालिका र बर्दियाको राजापुर नगरपालिकाका बिरामी उपचार सेवा लिन आउने गर्दछन् । अस्पतालले सात थान भेन्टिलेटर जडान गरिसकेको छ । यहाँका स्थानीय तहले खर्च बेहोर्ने सहमतिपछि एनेस्थेसिया चिकित्सकका लागि अस्पतालले दरखास्त आह्वान गरेको छ । चिकित्सक भएमा अस्पतालमै आइसियु सेवा सञ्चालन हुने र बिरामीलाई राहत हुने अस्पतालका निमित्त प्रमुख डा रेमकुमार राईले जनाए । “दरखास्त आह्वान भएको छ । चिकित्सक भएमा जटिल समस्या भएका बिरामीको पनि यहीँ उपचार गर्न सकिन्छ”, डा राईले भने, “अन्य सबै व्यवस्थापन भइसकेको छ । एनेस्थेसिया चिकित्सक आएमा तत्काल आइसियु सेवा सञ्चालन गर्न सक्छौँ ।” 
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies