पाँचथर । यहाँका दूरदराजका ग्रामीण बस्तीहरुमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन सङ्क्रमण दर ३६.९१ प्रतिशत छ । यस्तै मृत्यु दर ०.६० प्रतिशत रहेको छ ।
स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्याङ्कअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४९८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । उक्त अवधिमा यहाँ पिसिआर विधिबाट ३१९ र एन्टिजेन विधिबाट एक हजार ३० जना गरी कूल एक हजार ३४९ को परीक्षण गरिएको छ । तुम्वापोका अनुसार उक्त सङ्ख्याको परीक्षणमा ४९८ जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये तीन जनाको मृत्यु भएको उनले जानकारी दिए । यहाँ सङ्क्रमण पुष्टि भएकामध्ये एक जनाको जिल्लाबाहिर तथा दुई जनाको जिल्लामै उपचारका क्रममा मृत्यु भएको हो । परीक्षण र सङ्क्रमितको सङ्ख्याका आधारमा जिल्लामा सङ्क्रमितको मृत्यु दर ०.६० प्रतिशत रहेको उनले बताए ।
कोरोनाभाइरसको सङ्क्रमण दर र मृत्यु दर सामान्य रहे पनि उपचारात्मक व्यवस्था कमजोर हुनाले यो सङ्ख्यासमेत चुनौतीपूर्ण हुने सरोकारवालाको ठम्याइ छ । जिल्लामा हालसम्म सघन उपचार कक्ष ९आसीयू० र भेन्टिलेटरको प्रबन्ध हुन सकेको छैन । जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आसीयू), भेन्टिलेटर र अक्सिजन प्लान्ट स्थापनाका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भए पनि सो कार्यमा ढिलाइ भइरहेको छ ।
सङ्क्रमितको सामान्य उपचार गर्न सक्ने हाई डिफेन्डेन्सी युनिटमा हालसम्म १० वटा शय्या छन् । जिल्लामा ११९ थान अक्सिजन सिलिण्डर रहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । गम्भीर समस्या देखिएका बिरामीलाई यहाँबाट तत्कालै रेफर गर्नुपर्ने बाध्यता छ ।
दिनहुँ सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहे पनि गम्भीर बिरामी पर्नेको सङ्ख्या न्यून छ । छयानब्बे सङ्क्रमित रहेको जिल्लाको हिलिहाङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले भने, ‘गाउँहरुमा कोभिड–१९ सँग मिल्ने लक्षण भएका बिरामीको सङ्ख्या र सङ्क्रमितको अवस्था हेर्दा स्थिति भयावह देखिन्छ तर गम्भीर समस्या भएका बिरामी निकै न्यून हुनाले आत्तिनुपर्ने अवस्था छैन् ।’
जिल्लामा फिदिम नगरपालिकासहित हिलिहाङ र मिक्लाजुङ गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या बढी छ । सङ्क्रमणको दोस्रो लहर जिल्लामा शुरु हुँदा धेरै सङ्क्रमित देखिएका याङ्वरक र फालेलुङमा भने सङ्क्रमित थपिन छाडेको एक साता बितेको छ । यी दुई गाउँपालिका उक्त लहरको सङ्क्रमणको जालो तोड्न सफल भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: