Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै, के होला माओवादी नेतृत्व सरकारको भविष्य ?

खबरडबली संवाददाता

धनगढी । नेकपा एमालेले सोमबार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । 

सुदूरपश्चि प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका छन् ।

आजको बैठकमा केन्द्रीयस्तरमा पार्टीले गरेको निर्णयको विषयमा छलफल केन्द्रित हुने एक नेताले बताएका छन् । पार्टी एकताको समयमा माओवादी नेतृत्वमा परेको सुदूरपश्चि प्रदेशमा त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् । एमालेबाट संसदीय दलका नेता शाहको नेतृत्वमा तीन जना मन्त्री सहभागि रहेका छन् । 

मावध समूहको बाहुल्यता रहेको सो संसदीय दलमा पार्टीको निर्देशन अनुसार सरकारबाट फिर्ता हुन्छ वा हुँदैन भन्नेमा सबैको चासो रहेको छ । किनकी सोमबार मात्रै पार्टीको स्थायी कमिटी बैठकले माधव नेपाल सहित ११ जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ भने १२ जनालाई स्पष्टिकरण सोधिएको छ ।

यद्यपी आजको बैठकले सरकारबाट फिर्ता हुने निर्णय गर्यो भने मुख्यमन्त्री भट्ट अल्पमतमा पर्ने छन् । उनी पदमा रहिरहनको लागि ३० दिनभित्र संसदबाट बहुमत सिद्ध गर्नुपर्ने छ । 

५२ सदस्य प्रदेश सभा रहेकोमा एमालेबाट २५, माओवादी केन्द्र १३, नेपाली कांग्रेस १२ र जसपाबाट २ जना सदस्य रहेका छन् । यदि एमाले सरकारबाट फिर्ता हुने निर्णय गरेमा भट्टलाई विश्वासको मत लिन कांग्रेस र जसपाको मत अनिवार्य लिनुपर्छ ।

 एमालेलाई कांग्रेस वा जसपा मध्ये एकको साथ भए पुग्छ । तर, केन्द्रमा पार्टी विभाज भएकोले त्यसको असर प्रदेशमा कस्तो पर्छ हेर्न बाँकी छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending