तनहुँ । व्यासनगरपालिकाले वडा नं. १० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य केन्द्र भवनलाई पिसिआर परीक्षण प्रयोगशाला बनाउनका लागि रु १२ लाख पचास हजार सङ्कलन भएको जनाएको छ ।
पिसिआर परीक्षण प्रयोगशालाका लागि अस्थायी संरचना निर्माण गर्नुपर्ने भएकाले व्यासका केही जनप्रतिनिधिले एक महिना बराबरको सुविधा रकम सहयोग गर्दा उक्त रकम स¬ङ्कलन भएको हो ।
करिब एक महिनाभित्र सेवा प्रदान गर्ने गरी छिट्टै बोलपत्र आह्वान गर्ने योजना रहेको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।
एक हप्ताको बोलपत्र आह्वानपश्चात् भौतिक संरचना निर्माण अघि बढाइने छ । उनले भने, ‘गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित जिल्लाका निवर्तमान सांसदबाट समेत आर्थिक सहयोगका लागि आश्वसन पाएका छौँ ।’
उक्त अभियानमा नगरपालिका मातहतका चौधवटै वडाका जनप्रतिनिधिलाई एक महिना बराबरको सुविधा सहयोग गर्न अनुरोध गरिएको छ ।
जिल्लामा पिसिआर परीक्षण प्रयोगशाला नहुँदा गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाउँदा रिपोर्ट आउन एक हप्ताभन्दा बढी समय लाग्ने भएपछि छिटो सेवा दिन जिल्लामै पिसिआर परीक्षणको व्यवस्था गर्न लागिएको हो ।
केही दिनअघि नपा कार्यालयमा बसेको अन्तरपालिका बैठकले समेत जिल्लामै पिसिआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्नुपर्ने निर्णय गरेको थियो ।
व्यास–४ स्थित सिर्जनशील दिदीबहिनी समूहले प्रयोगशाला निर्माणका लागि रु ५० हजार पाँच सहयोग गरेको छ । प्रयोगशाला निर्माणका लागि सम्पूर्ण कर्मचारी, शिक्षक एवं अन्य सरकारी तथा गैरसरकारी सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थालगायत उद्योगी व्यवसायीलाई सहयोगका लागि अनुरोध गरिएको नपाले जनाएको छ ।
उक्त आधारभूत स्वास्थ्य केन्द्र परिसरमा रहेको करिब १० रोपनी सार्वजनिक जग्गा प्रयोगमा ल्याई अस्थायी संरचना निर्माण गर्ने योजना रहेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । उक्त स्थानमा कम्तीमा ५० शय्याको आइसोलेशनलगायतका संरचना निर्माण गरिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: