Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

प्रधानमन्त्री र प्रधानन्यायधीशबीच राति गोप्य भेटघाट हुनु लोकतन्त्रकोलागि शुभ संकेत होइन : पूर्वप्रधानमन्त्री भट्टराई 

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराभ भट्टराईले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाबीच भेटघाट हुनु लोकतन्त्रको लागि शुभ संकेत  नभएको टिप्पणी गरेका छन् ।

सोमबार राति प्रधानमन्त्री ओलीले प्रधानन्याधीश राणालाई आफ्नो निवासमा बोलाएर गोप्य भेटघाट गरेको समाचार आएपछि त्यसबारे मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मुख खोलेका हुन् ।

‘प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार  हल्ला लोकतन्त्रकालागि शुभसंकेत हैनन्’, उनले भने, ‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियम नजीर बन्न सक्दैन।’

भट्टराईले  राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा नहोस् भन्दै चिन्ता व्यक्त गरेका छन् । 
विपक्षी गठबन्धनका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीले लोकतन्त्र र संविधानमाथि निर्मम प्रहार गरी व्यवस्थै मास्न लागेको ठहर गर्दै सरकार विरुद्ध संसद पुर्नस्थापनाको माग राख्दै सोमबार १४६ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

सर्वोच्च अदालतमा विघटित संसदका बहुमत सांसदले संसद विघटन विरुद्ध मुद्दा दायर गरेकै दिन प्रधानमन्त्री ओलीले आफैले गाडी पठाएर प्रधानन्यायधीशसंग एक घण्टा गोप्य भेटघाट गरेको तथ्य एक सञ्चारमाध्यमले खुलासा गरेपछि राष्ट्रिय राजनीतिमा खैलाबैला मञ्चिएको छ । 

सञ्चार माध्यमले जनाए अनुसार सोमबार राति १० बजे प्रधानमन्त्री ओलीले राणालाई लिन गाडी पठाएको उल्लेख छ । त्यसपछि राणा प्रधानमन्त्री निवासको ३ नं. गेटबाट भित्र प्रवेश गरेको भनिएको छ । 

त्यहाँ ओली र राणाबीच सवा घण्टा गोप्य भेटघाट भएको खुलासा गरिएको छ । तर, अहिलेसम्म त्यस भेटबारे प्रधानमन्त्री र प्रधानन्यायधीको सचिवालयले कुनै प्रतिक्रिया दिएको छैन । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending