Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

क्षणभरमै ध्वस्त भयो बन्हुको सपना

खबरडबली संवाददाता

सप्तरी । मध्याह्नको समय कोही खाना खाएर आराम गरिरहेका थिए त कोही घरमा खाना खाइरहेका थिए । डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर टोलमा आइतबार अचानक आगोलागी भयो । 

स्थानीयबासी भरत चौधरीको परालको टालबाट सल्केको आगोले गाउँको पाँचवटा घर जल्यो । क्षणभरमै भरतसहित बन्हु चौधरी, शोभाकान्त चौधरी, उमाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीका घर ध्वस्त भयो । 

गाउँलेहरूले न आराम गर्न पाए, नत आगो निभाउन सके । डाक्नेश्वरी नगरपालिकामा बारुणयन्त्र नहुँदा घरहरु खरानी भएको टुलुटुलु हेर्नुपरेको उमाकान्तले बताए । नजिकै रहेको शम्भुनाथ र राजविराज नगरपालिकाको बारुणयन्त्र समेत बिग्रिएर मर्मतमा पठाइएकोले ३० किलोमिटर दूरीमा रहेको हनुमाननगर कंकालिनी नगरपालिकाबाट बारुणयन्त्र आउँदा ढिलो भएको उमेश साहले बताए । 

दुई घण्टामा बारुणयन्त्र आई पुग्दा आगलागीबाट घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन, नगद, जस्तापाता, काठ र फर्निचर जलेर खरानी भइसकेको थियो । 

परालको टालबाट नजिकै राखिएको दाउरा र गुइठामा सल्किएर ह्वारह्वारी बलेको आगो नियन्त्रण गर्न नसकिएको गाउँलेहरुको भनाइ छ । स्थानीयबासी रामु चौधरीका अनुसार नजिकै पानीको स्रोत पनि थिएन् । नजिकै रहेका पाँच घर आगोले डढेर खरानी भयो । छाक टार्न घरमा राखिएको अनाज र लुगाफाटासँगै नगद रुपैयाँ पनि जलेर खरानी भए ।

आगलागीमा परेर बन्हु चौधरीको घर मात्र सल्केन नयाँ घर बनाउने योजना पनि सल्केर खरानी भयो । जस्तापाताको साटो नयाँ पक्की घर निर्माणका लागि उनले बैंकबाट ऋण लिएर घरमा करिब ६ लाख रुपैयाँ जोहो गरेर राखेका थिए । बन्दाबन्दीका बेला अरु काम गर्न निषेध गरिए पनि घर निर्माणको काममा रोकावट नभएकाले उनले यो बेला घर निर्माणको योजना बुनेका थिए । 

बन्हु भन्छन्–‘बस्दै आएको पुरानो घर सल्क्यो, जम्मा गरी राखेको नगद छ लाखमध्ये साढे पाँच लाख रकम समेत सल्किएर नयाँ घर बनाउने योजना पनि खरानी भयो ।’ आगोसँगै घर बनाउने उनको सपना पनि त्यही धुवाँसँगै उडेर गयो । ‘अब के गर्ने होला ? कहाँ बस्ने होला ?’ बन्हुले चिन्ता प्रकट गरे । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बन्हु परिवारको नगदसहित १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

शोभाकान्त चौधरीले मोटरसाइकल समेत निकाल्न पाएनन् । मोटरसाइकलसहित आफ्नो घरको सम्पूर्ण सामाग्री जलेर खरानी भएको शोभाकान्तले जनाउनुभयो । उमाकान्तले घरभित्र रहेको करिब तीन लाख रुपैयाँको सुनचाँदी जलेर नोक्सान भएको दुखेसो सुनाए ।

आगोले बन्हुको र उहाँका छोराहरुको समेत घर जलेकाले कहाँ ओत लाग्ने चिन्ता थपिएको छ । अहिले चौधरी परिवार विचल्लीमा परेका छन् । हनुमाननगरबाट आएको बारुणयन्त्रले आगोको राखलाई पूर्णरुपमा नियन्त्रणमा लियो तर बारुणयन्त्र आउनु अघि सबै सामान क्षणभरमा नै ध्वस्त भयो, केही बाँकी रहेन । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending