काठमाडौं । आन्तरिक विवादकाबीच जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ–राजेन्द्र समूह ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।
आइतबार काठमाडौंमा बसेको महन्थ–राजेन्द्र समूहको बैठकले माधेशरको मुद्दामाथि प्रधानमन्त्री ओली लचिलो भएको, नागरिकतासम्बन्धी अध्यादेश जारी भएको, मधेर–थरुहट आन्दोलनमा लागेका मुद्दा फिर्ता लिइ नेता तथा कार्यकर्ता छुटाउने केही हदसम्म पुरा भएको निष्कर्ष निकालेको थियो ।
बाँकी मागहरु सरकारमै बसेर गर्न सक्ने अवस्था रहेकोले सरकारमा सहभागि हुनुपर्ने बैठकमा अधिकांश नेताहरुको धारणा आएको केन्द्रीय सदस्य अकवाल अहमत शाहले बताए । ‘धेरै साथीहरुको बैठकमा मधेश मुद्दामाथि प्रधानमन्त्री ओली सकारात्मक भएको, आफ्ना केही मागहरु पुरा भएकोले सरकारलाई सहयोग गर्नुपर्छ भन्ने धारणा आएको छ’, उनले भने ।
‘छिट्टै अर्को बैठक बसेर सरकारमा सहभागिताबारे निर्णय गर्र्छौ’, उनले भने, ‘सरकारमा कसको नेतृत्वमा सहभागि हुने, कति मन्त्रालय दावी गर्ने, कुनकुन मन्त्रालय लिने भन्नेबार कुनै निर्णय भएको छैन ।’
बालुवाटार स्रोतका अनुसार जसपाले ८ वाट मन्त्रालय दावी गरेका छन् । राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागि हुने तयारी भइरहेको जनाएको छ । प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकारलाई कठिन अवस्थामा सहयोग गरेको भन्दै सरकारमा आउन आग्रह गरिसकेका छन् ।
यद्यपी पार्टीको निर्णय र सहमतिबीना ओली नेतृत्वको सरकारमा सहभागि भए कारवाही गर्ने उपेन्द्र यादव समूहले चेतावनी दिएको छ ।
आइतबार बसेको केन्द्रीय कार्यकारीणी बैठकले पार्टीलाई थाहै नदिइ संविधान संशोधन कार्यदलमा बसेको, बैठक स्थगित गरी ओली सरकारलाई सहयोग गरेको, गुटगत भेला गरी पार्टीलाई कमजोर बनाएको आरोप लगाउँदै अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टिकरण सोधिएको छ ।
जसपाकी नेतृ रेणुकुमारी यादवले ओली नेतृत्वको सरकारमा सहभागि हुने पार्टीको कुनै योजना नरहेको बताइन् । ‘पार्टीका बहुमत सदस्यहरुले निरङ्कुश ओली सरकारको विरुद्ध संघर्ष गर्नु पर्छ भन्ने धारणा राखेका छन् । ओली अहिले अप्ठयारोमा परेपछि मधेशमामिलामा आँशु चुहाएकामात्र हुन् । ओलीको नियत ठीक भएको भए तीन वर्षसम्म हाम्रा मुद्दामाथि क्याविनेटमा प्रश्न उठाउँदा समेत कुनै वास्ता नगरेका ओलीले अहिले एकाएक मधेशका मुद्दामा आँशु झार्नुको कुनै अर्थ छैन । ओलीको यो सबै छलछाम र धोकाधडी राजनीतिमात्र हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...



प्रतिकृया लेख्नुहोस्: