काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वगृहमन्त्री भीम बहादुर रावलले सत्ता स्वार्थ र कुर्सी मोहका कारण महन्थ–महतो गुटलाई खुशी पार्न प्रधानमन्त्री केपी ओलीले नागरिकता जस्तो संवेदनशील विषयलाई हतियार बनाएको आरोप लगाएका छन् ।
आफ्नै कारणले कामचलाउ हैसियतमा पुगेको सरकारले नागरितासंम्बन्धी विधेयक राज्यव्यवस्था समितिको प्रतिवेदनसहित संसदमा पेश भइसकेको अवस्थामा अध्यादेश जारी गरिएकोमा खेद प्रकट गरेका छन् ।
‘संसदमा पेश भएको नागरिकतासम्बन्धी विधेयक पारित हुन नदिने ओली आफैले आम निर्वाचन घोषणा गरिसकेको अवस्थामा नागरिकतासम्धन्धनी अध्यादेश ल्याउनु आपत्तिजनक छ’, रावलले भने ।
‘अध्यादेशमा नेपालको अस्मिता र दीर्घकालिन अस्तित्वसंग गाँसिएका विधेयकमा उल्लेखित विषयहरु अध्यादेशमा समेटिएका छैनन्’, सोमबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले भने, ‘यो राष्ट्रहितप्रति व्यवास्ता गर्ने र सत्तास्वार्थको लागि जस्तोसुकै कुकर्म गर्न अग्रसर रहने राष्ट्रघाति प्रवृत्तिकै द्योतक हो ।’
मन्त्रिपरिषद् निर्णय कार्यान्वायन गर्दै आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक विधेयकसम्बन्धी अध्यादेश जारी गरेपछि सरकारको चौतर्फी विरोध भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०९:१९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...




प्रतिकृया लेख्नुहोस्: