कर्णाली । नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज र विश्वविद्यालय सम्पूर्ण बन्द छन् ।
बन्दको प्रत्यक्ष मार विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा पढ्ने युवा विद्यार्थीहरुमा परिरहेको छ । शहरी क्षेत्रमा अनलाइनका माध्यमबाट शिक्षण क्रियाकलाप भए पनि ग्रामीण दुर्गम भेगमा अध्ययनरत विद्यार्थीका लागि यो संभावना छैन । यसबाट बालबालकिाको पठनपाठन मात्र नभई उनीहरुको मनोविज्ञानमा प्रत्यक्ष असर पर्दै गएको छ ।
कोरोना कहरबाट उब्जेको सङ्कटको बीचमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय कार्य समितिले ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ विषयक तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन भर्चुअल कार्यक्रम शनिबारदेखि सञ्चालन गरेको छ । कार्यक्रमको पहिलो सत्रमा शैक्षिक अभियानकर्मी श्रीमन्त भट्टराईले ‘बाल मनोविज्ञान र व्यावहारिक सिकाइ’का विषयमा आफ्नो प्रस्तुति राख्दै कोरोना कहर घरमै रहेका बालबालिकालाई व्यावहारिक शिक्षा दिने उत्तम अवसर भएको बताउनुभयो । उनले भने, ‘हामी डिग्री चाहन्छौँ, सीप चाहान्नौँ । अङ्क चाहान्छौँ तर संस्कार र नैतिकता चाहान्नौँ । हाम्रो शिक्षा व्यावहारिक नहुँदा कृषि प्रधान देशमा कृषिकर्म गर्नु अभिशाप ठानियो जसले युवा जनशक्तिलाई विदेश भासिन बाध्य बनायो ।’
पढेरभन्दा गरेर सिकिने ज्ञान व्यावहारिक हुने भन्दै उहाँले यो समयमा घरमै बालबालिकालाई तार जोड्न, खाना पकाउन, भाँडा माझ्न, सरसफाइ गर्न, करेसाबारीमा काम गर्न, वातावरणअनुसारको रोजाइको काम गर्ने अवसर प्रदान गर्न अभिभावक तथा शिक्षकहरुलाई सल्लाह दिए ।
सूचना र प्रविधिको विकास नहुँदै बालबालिकाका लागि डा मारिया मन्टेश्वरीले शुरु गरेको विधिबमोजिम बाल मनोविज्ञान बुझेर उनीहरुलाई सिक्ने वातावरण तयार गर्न सकेमात्र शिक्षक, अभिभावक र विद्यार्थीको साझा उद्देश्य पूरा हुने उहाँको भनाइ थियो । यद्यपि बालबालिकालाई घर र सामाजिक वातावरणले प्रदान गर्ने संस्कार भने राम्रो हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा नेपाल मनोक्रान्तिका द्रष्टा तथा दार्शनिक डा योगी विकासानन्दले कोरोना महामारीको यस सङ्कटपूर्ण अवस्थामा बोक्रे शक्ति र गुदी शक्तिले काम गरेको तर्क गरे । ‘कोरोनाले मर्छ र भ्याक्सिनले बचाउँछ । यो बोक्रे शक्ति हो’, उनले भने, ‘रोग प्रतिरक्षात्मक शक्ति प्रणाली कमजोर हुँदा मान्छे मर्छ, यो गुदी शक्ति हो ।’
उनले प्रतिरक्षा प्रणाली बचाउन अश्वगन्धाको प्रयोग, ध्यान, योगा नै कोरोना विरुद्धको ठूलो भ्याक्सिन भएको दावी गरे । भात घटाएर ‘ग्रीन’ सलाद खान र भिटामिन ‘डी’ लिन आग्रह गर्दै डा योगीले प्रतिरक्षा प्रणाली बलियो बनाउने पाठ्यक्रम बनाउन सरकारलाई सुझाव दिए ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले शिक्षक, अभिभावक र विद्यार्थीसँग करिब सबैपक्ष जोडिने कुरालाई केन्द्रमा राखेर ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ दिने प्रमुख उद्देश्यले तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन कार्यक्रम गरिएको बताए । कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थी गरी ८११ जनाको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...



प्रतिकृया लेख्नुहोस्: