हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारी नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
आज अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘ब्याक टू लाइफ’ ले प्रदेश सरकारलाई प्रदान गरेको रु एक करोड ७० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।
पौडेलले महामारी क्रमशः नियन्त्रणका क्रममा रहेको जनाउँदै विभिन्न सङ्घसंस्था तथा व्यक्ति एवं स्वास्थ्यकर्मीले महामारीमा दिलोज्यानले काम गरेकामा खुशी व्यक्त गरे ।
कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले महामारीलाई नियन्त्रण गर्न सरकारले रकम तथा जनशक्ति अभाव हुन नदिएको बताए । प्रदेश सरकारलाई जर्मनी संस्था ‘ब्याक टू लाइफ’ नामक अन्तरराष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको हो । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग गर्न भन्दै अक्सिजन उत्पादन गर्ने विद्युतीय उपकरणसहितका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा संस्थाका कार्यक्रम निर्देशक डिकेन्द्रलाल ढकालले प्रदेशका मुख्यमन्त्री पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । संस्थाले १८ थान अक्सिजन उत्पादन गर्ने विद्युतीय उपकरण, दुई थान हाई फ्रिक्वेन्सीका मोबाइल एक्सरे, ६० थान पल्स अक्सो मिटर, पाँच थान सिरिन्ज पम्प, पाँच थान इन्फेशन पम्प, केएन ९५ मास्क छ हजार, सर्जिकल मास्क एक लाख, फेसशिल्ड दुई हजार ७००, पिपिई एक हजार १००, मोनिटर ३० र इलेक्ट्रो कार्डियोग्राम १० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
जर्मनीको अन्तरराष्ट्रिय संस्था ब्याक टू लाइफले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ । प्रदेशका अति विपन्न तामाङ र चेपाङ समुदाय बाहुल्य चितवन तथा नुवाकोटमा र विकासका दृष्टिकोणले पछि परेको कर्णाली प्रदेशको मुगुमा सो संस्था कार्यरत रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...



प्रतिकृया लेख्नुहोस्: