Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

स्पेनीलाई चार्टर्ड उडानमार्फत स्वदेश लगिने

खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा रहेका स्पेनी नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काइने भएको छ । स्पेनीलाई स्वदेश फर्काउन नेपाल नागरिक उड्डय प्राधिकरण(क्यान)ले जेठ ६ गते बिहिबारका लागि उडान अनुमति दिइसकेको छ । स्पेनले आफ्नो वाइड बडी ए३३० जहाज मार्फत नागरिकलाई घर फर्काउन लागेको हो ।

स्पेनको  राजधानी म्याड्रिडबाट मेडिकल सामग्री लिएर काठमाडौँ आउने र यहाँबाट स्पेनी तथा केही युरोपेली नागरिक लिएर फर्कने क्यानका उपमहानिर्देशक एवम् प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । बुझिएअनुसार नेपालमा अड्किएका करिब ४० स्पेनी गन्तव्य पुग्ने प्रतिक्षामा छन् । ठूलो जहाज भएकाले युरोपका केही नागरिक पनि घर फर्किने जनाइएको छ ।

कतारका लागि पनि जेठ ८ र ११ गते (मे २२ र २५ तारिख) का लागि चार्टर्ड उडानको अनुमति दिइएको क्यानले जनाएको छ । चीनको ग्वाङजाओ र कतारको दोहामा सातामा एक उडान नियमित सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ । सोहीअनुरुप क्यानले उडान तालिका बनाएको छ ।

नेपालमा रोकिएका विभिन्न मुलुकका विदेशी नागरिकलाई घर फर्काउन नेपाल पर्यटन बोर्डले सहजीकरण गरिरहेको छ । बोर्डले पर्यटकीय क्षेत्र तथा विभिन्न स्थानमा रहेका विदेशी नागरिकलाई सूचित गरी अनलाइन विवरण सङ्कलन गरी सम्बन्धित मुलुकको दूतावासलाई जानकारी गराउने तथा दूतावासले मागेको खण्डमा पर्यटकको विवरण दिने गरेको छ ।

बोर्डका निर्देशक मणि लामिछानेका अनुसार बोर्डले ‘ट्राभल लोकेटर’ मार्फत विदेशी नागरिकको विवरण सङ्कलन गरिरहेको छ । यसबाट पर्यटक नेपालका कुन–कुन स्थानमा छन् भनेर लोकेसन पत्ता लगाउने र सोही आधारमा सम्बन्धित निकायलाई सूचित गरिएको तथा यसबाट उद्धारका लागि सहयोग पुग्ने जनाइएको छ । बोर्डले होटल क्वारेन्टिनको व्यवस्थापनको विवरण तथा अन्य सम्बन्धित सूचना पनि उपलब्ध गराइएको र यसबाट पर्यटकले आफै पनि सेवा लिन सक्ने जनाएको छ ।

बोर्डले अहिले एयर बबल सम्झौता अनुसार नेपालमा आउने भारतीय नागरिक कुन होटलमा रहेका छन् उनीहरुको अवस्था तथा दैनिक तीन पटकको तापक्रम परीक्षण गरेर मन्त्रालयलगायत सम्बन्धित निकायलाई जानकारी गराइने गरेको निर्देशक लामिछानेले बताए । यसका अतिरिक्त बोर्डले ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट एण्ड कम्युनिकेसन युनिट’ खडा गरी निषेधाज्ञाको अवधिभर पर्यटको सूचना सङ्कलन गरी सूचना तथा सञ्चार सम्प्रेषणको काम पनि गरेको छ ।

विदेशीलाई घर फर्काउन काठमाडौँ बाहिरका विभिन्न स्थानमा रहेका विदेशीलाई उद्धार गरी काठमाडौँ ल्याएर स्वदेश फर्किन सहजिकरण गरिरहेको छ । अहिले विभिन्न मुलुकले नेपालमा अड्किएका नागरिकलाई चार्टर्ड उडान मार्फत घर फर्काइरहेका छन् ।

अहिले विभिन्न मुलुकबाट नेपाली तथा अन्तरराष्ट्रिय एयरलाइन्सले चाटर्ड, मेडिकल, उद्धार तथा कार्गो उडान धमाधम गरिरहेका छन् । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको अन्तरराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले दैनिक यस्ता उडान गरिरहेका छन् । यि दुबै एयरलाइन्सको आज क्रमशः सात र चार उडान सञ्चालन भइरहेका छन् ।

नेपालमा कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध जेठ १७ सम्म लम्बिएको छ ।

यसबीचमा नेपाल र भारतबीचको एयर बबल सम्झौता अनुसार दुबै देशका राष्ट्रिय ध्वजाबाहकले सातामा दुई उडान कायम हुनेगरी उडान सञ्चालन गरिरहेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाेखरा बसपार्कको सुकुमबासी मुद्दामा मेयर–सांसदबीच जुहारी

पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...

१० वर्ष बित्दा पनि बनेन रसुवागढीको एकीकृत भन्सार भवन, अन्तिम चेतावनीपछि ठेक्का तोड्ने तयारी

रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...

देवानगञ्ज घटनाको प्रभाव विराटनगरसम्म: सुरक्षा चिन्ताले विद्यालय बन्द

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...

देवानगञ्ज घटनामा बाबुरामको चिन्ता: देशलाई अस्थिरताको भूमरीमा फस्न नदिन संयम अपनाऔँ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...

पहिरोले रोकियो मुग्लिन–नारायणगढ सडक, खुलाउन तीव्र प्रयास

​चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...

दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुल्यो

धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...

बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव, श्रीमान् सम्पर्कविहीन

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending