दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो ।
व्यासको दुवै गाउँका बसाइँसराइ (कुञ्चा) सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छाङ्गरु स्वास्थ्यचौकीका इन्चार्ज विक्रमसिंह साहुले जानकारी दिए । उनका अनुसार छाङ्गरुमा ३०० तथा तिङ्करका ६० जनालाई खोप लगाइने छ । खोप जिल्ला आइपुगेको भन्दै उनले एक÷दुई दिनभित्रै खोप र आवश्यक औषधि लिएर छाङ्गरु र तिङ्कर जाने तयारी भएको बताए । त्यहाँ रहेका स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत कोरोनाविरुद्धको खोप लगाइने छ ।
कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले छाङ्गरु र तिङ्करका लागि आएको खोप तत्काल लगाउने निर्णय गरेको थियो । व्यासका स्थानीयवासी गत वैशाख पहिलो सातादेखि खलङ्गाबाट छाङ्गरुका लागि बसाइँ सरेका थिए । व्यासका स्थानीयवासी छ महिना सदरमुकाम खलङ्गामा छाङ्गरु र तिङ्करको जाडो छल्न आउने गर्छन् भने छ महिना खङ्लगाको गर्मी छल्न माथि उक्लिने गर्छन् । व्यासको भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर सरकारले नक्सा सार्वजनिक गरेपछि यो क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको छ । यस क्षेत्रमा विशेष कार्ययोजना बनाएर सरकारले कार्यक्रम अघि सारेको छ भने प्रदेश सरकारले पनि विशेष गौरवको योजना अघि बढाएको छ ।
अपिहिमालमा स्वास्थ्यकर्मीको घरैदलो सेवा
अपिहिमाल गाउँपालिकामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला स्वास्थ्यकर्मीले घरदैलो सेवा थालेका छन् । कोभिड सङ्क्रमित भएकाहरुको अवस्था बुझ्न तथा परामर्श सेवा र औषधि वितरण गर्न स्वास्थ्यकर्मीले घरदैलो सेवा थालेका हुन् ।
गाउँपालिकामा अहिलेसम्म देखिएका सङ्क्रमितमा कुनै प्रकारको समस्या भने देखिएको छैन । एकाएक जिल्लाकै विकट गाउँपालिकामा कोरोना फैलिएपछि गाउँपालिकास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २९ गते बसेको बैठकले गाउँपालिकाका टोलटोलमा स्वास्थ्यकर्मी खटाउने निर्णय गरेको थियो ।
पलिकाका ६ वटै वडाका टोलटोलमा पुगेर स्वास्थ्यकर्मीले कोभिड–१९ का कारण आइसोलेशनमा बसेका बिरामीको स्वास्थ्य अवस्था जाँच गर्ने तथा औषधि वितरण गर्ने, लक्षण देखिएका बिरामीको विवरण सङ्कलन गरी औषधोपचार गर्ने, कोभिड–१९ बाट बच्ने उपायबारे जनचेतना जगाउने तथा प्रत्येक टोलमा कम्तीमा दुई दिनमा एकपटक पुग्नैपर्ने कार्यादेश दिइएको थियो । सोही अनुरूप अहिले गाउँपालिकाभरिका स्वास्थ्यकर्मी घरदैलो कार्यक्रममा व्यस्त रहेको गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताए ।
स्वास्थ्यकर्मी घरघर पुग्न थालेपछि स्थानीयवासीलाई सहज भएको छ । रुघाखोकी लागेर आत्तिएकामा पनि कोभिड सहजरूपमा जित्न सकिन्छ भन्ने आत्मविश्वास बढ्दै गएको अपिहिमाल–३ का जवनी कार्कीले बताए । गाउँपालिकाले गाउँपालिकाअन्तर्गत स्वास्थ्य संयोजक धामीको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटाएको छ ।
यस्तै वडा नं १ मा अहेव विक्रमसिंह लोथ्याल नेतृत्वमा तीन, वडा नं २ मा अहेव दिपेन मन्यालको नेतृत्वमा छ, वडा नं ३ मा अहेव रोहित ठेकरेको नेतृत्वमा तीन, वडा नं ४ मा अहेव हेल्थ असिस्टेन्ट गणेशराज जोशीको नेतृत्वमा आठ, वडा नं ५ मा अहेव महेशसिंह ठगुन्नाको नेतृत्वमा तीन, वडा नं ६ मा अहेव धनराज जोशीको नेतृत्वमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । यस्तै गाउँपालिकाको कोभिड अस्पताल सौगन्नामा स्टाफ नर्स आशा फगामी मगर र अनिशा ठेकरेलाई खटाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: