Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

एनआरएनएद्वारा प्राकृतिक चिकित्सालयलाई १० थान अक्सिजन सिलिण्डर प्रदान

रासस

नवलपुर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण अफ्रिकाले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अक्सिजनसहितको सिलिण्डर प्रदान गरेको छ । कोभिडका बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको हो ।

गैरआवासीय नेपाल सङ्घ दक्षिण अफ्रिकाका अध्यक्ष देवी पौडेलको पहलमा त्यहाँ कार्यरत नेपालीले सङ्कलन गरेको रु दुई लाख पाँच हजार लागतमा उक्त सामग्री अस्पताललाई प्रदान गरिएको हो । अक्सिजन अभावका कारण कोभिड सङ्क्रमितहरुको अकालमै मृत्यु भएको खबरले पिरोलिएपछि केही भए पनि जीवनरक्षाका लागि टेवा पुगोस् भन्ने हेतुले सहयोग गरेको अध्यक्ष पौडेलले बताए  । एनआरएनए दक्षिण अफ्रिकाले मातृभूमिमा अक्सिजन सहयोग अभियान थालनी गरी कैलाली, नेपालगञ्ज, पाल्पा, गुल्मी, स्याङ्जा, चितवन, बारा, पर्सा, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) गरी १० जिल्लालाई ४५० थान अक्सिजन सिलिण्डर प्रदान गरेको पौडेलले बताए ।

यस अभियानमा एनआरएनए दक्षिण अफ्रिकाका संयोजक रोशन थापाको अगुवाइमा अध्यक्ष पौडेलसहित नाइजेरियाका हिक्मत थापा, कङ्गोका अध्यक्ष अमृत क्षेत्री, एनसीसीका बन्दना प्रजापति, वासुदेव घिमिरे, राजकुमार पाल्पाली बस्याल, प्रभा बस्याललगायत क्रियाशील रहेका छन् ।

अक्सिजन सिलिण्डर ग्रहणपश्चात सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले आफ्नै रोजगारी अनिश्चित भएको विश्वकै जटिल परिस्थितिमा पनि आफ्नो मातृभूमिलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies