काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को विवाद चरमउत्कर्षमा पुगेको छ । केहि समयअघि जसपा एक रहेको सन्देश दिएका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवको फेरि पत्र युद्ध सुरु भएको छ ।
ठाकुरले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई निर्वाचित गरेको संघीय संसद् सचिवालयमा दर्ता गरेका थिए । मंगलबार संसद् सचिवालयमा पत्र १३७९ नम्बरमा दर्ता भएलगत्तै यादवले संसदमा महतो संसदिय दलको नेतामा चयन नगरिएको अर्को पत्र पठाएका छन् ।
यादवले सचिवालयमा दर्ता गरेको पत्रमा पार्टीको अन्तरिम विधानमा संसदीय दलको छुट्टै विधान हुने व्यवस्था रहेकोमा हालसम्म संसदीय दलको विधान नबनेको र केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन नभएको उल्लेख छ ।
बैशाख ३० गते बसेको जसपाको बैठकले संघीय संसदीय दलको विधान-२०७७ अनुसार संसदीय दलको नेतामा राजेन्द्र महतोलाई निर्वाचित गरेको पत्रमा उल्लेख छ । 'संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युट प्रतिलिपि पत्र साथ संलग्न गरिएको' पत्रमा लेखिएको छ ।
विधान पारित नभएको अवस्थामा नेता चयन भएको भन्दै सचिवालयमा जानकारी दिएको भए त्यस्ता अवैधानिक कार्यलाई मान्यता प्रदान नगर्न यादवले पत्रमा अनुरोध गरेका छन् ।
ठाकुरको नामबाट संघीय संसदमा पठाइएको पत्रमा पार्टीको छाप र लेटर प्याडको दुरुपयोग यादव समूहले दाबी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - ०९:०९
झापा । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । पानीमा फल्ने कमल प्रजा...
जेष्ठ १६ गते, २०८३ - ०९:०८
पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडकको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। सङ्घीय र प्रदेश सरकारका विभिन्न योजनामार्फ...
जेष्ठ १६ गते, २०८३ - ०९:०५
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले ल्याएको बजेटले आधारभूत र मध्यम वर्गको हितमा पर्याप्त कार्यक्रम समेट्न नसकेको आरोप लगाएका छन्। बज...
जेष्ठ १६ गते, २०८३ - ०९:०१
इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालि...
जेष्ठ १६ गते, २०८३ - ०८:५९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही तरकारी सस्तो भएको देखिएको छ ...
जेष्ठ १६ गते, २०८३ - ०८:५६
बागलुङ । लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय ...
जेष्ठ १६ गते, २०८३ - ०८:५३
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्...
जेष्ठ १६ गते, २०८३ - ०८:४०
काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । गएराति भारतीय ...
जेष्ठ १६ गते, २०८३ - ०८:३५
अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार...
जेष्ठ १६ गते, २०८३ - ०७:१०
बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...



प्रतिकृया लेख्नुहोस्: