Life insurence
Khabar Dabali ७ असार २०७८ सोमबार | 21st June, 2021 Mon
Himalayan Golden detail page

आजदेखि टेलिकमको भिओएलटिई सेवा : कसरी लिने, कुन–कुन मोबाईलमा चल्छ ? 

खबरडबली संवाददाता

काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण शुरु गरेको छ । टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई सेवाको परीक्षण शुरु गरिएको हो ।

उक्त सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भिओ एलटिई सेवाको परीक्षण शुरु गर्न लागिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । 

 उनका अनुसार उक्त सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेशन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिनेछ ।
 
कसरी लिने सेवा
 
सो सेवाका लागि भिओएलटिई सपोर्ट गर्ने मोबाइलमा ८४४४३ डायल गरी प्राप्त निर्देशनको अनुसरण गरी सिममा भिओएलटिई एक्टिभेट गर्न सकिनेछ । 

यस्तै सो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भिओएलटिई कल फर एनटिसी सिमसमेत इनेबल गर्नुपर्दछ । लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भिओएलटिईको सङ्केत देखापर्दछ । भिओएलटिईको सङ्केत देखापरेपछि ८१११३ डायल गर्नुपर्दछ ।

भिओएलटिई सेवाका प्रयोगकर्ताले नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सक्नेछन् भने एक सय मिनेट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराइनेछ । आफ्नो मोबाइल सेटले भिओएलटिई सपोर्ट गर्छ÷गर्दैन भनी थाहा पाउनका लागि तथा उक्त सेवासम्बन्धी थप जानकारीका लागि टेलिकमको वेबसाइटमा लिङ्क प्रयोग गर्न सकिनेछ । 

यि हुन् भिओएलटिई मोबाईल 

१. सामसङ

Galaxy M01s, Galaxy M02, Galaxy M02s, Galaxy M11, Galaxy M12, Galaxy M21, Galaxy M30s, Galaxy M31, Galaxy A12, Galaxy A51, Galaxy A52, Galaxy A70, Galaxy A70s, Galaxy A71, Galaxy A72, Galaxy Note 10 Lite, Galaxy S10, Galaxy S10+, Galaxy S10e, Galaxy S20, Galaxy S20+, Galaxy S20 ultra, Galaxy S20 FE, Galaxy S21, Galaxy S21+, Galaxy S21 Ultra, Galaxy Note 10, Galaxy Note 10+, Galaxy Note 20, Note 20 Ultra, Galaxy Z Fold2.

२. साओमी

Redmi 9 Prime, Mi10, Redmi 9C, Redmi Note 9 Pro, Redmi 8A

३. नोकिया

Nokia 5.3, Nokia 7.2, Nokia 3.4

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इटाली र वेल्स अन्तिम १६ मा, टर्की घर फर्कियो

काठमाडौं । गएराति भएको युरोकप अन्तर्गतको समुहचरणको खेलमा इटाली समुहचरणको विजेता हुँदै अन्तिम १६ मा उक्लिएको छ ।  इटालीसँग पराजित वेल्सले अन्तिम १६ ...

यति ग्रुपलाई फाईदा पुग्ने सरकारको निर्णय सर्वोच्वद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रीपरिषदको अर्को निर्णय पनि खारेज गरेको छ । गत जेठ १३ गते सरकारले संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण ...

काठमाडौं उपत्यकामा यस्तो आयो निषेधाज्ञाको मोडालिटी

निजी सवारी साधनमा जोर बिजोर प्रणाली

विपक्षी दलहरुद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार

लुम्बिनि । विपक्षी दलहरुले लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक बहिस्कार गरेका छन् । अल्पमत परेको सरकारले ल्याएको बजेटको बिरोध गर्दै गठबन्धनमा र...

केन्द्रीय समितिको सदस्य थप्दै माओवादी केन्द्र : को छन् प्राथामिकतामा ?

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले पार्टी पुनर्गठन गर्ने भएपछि केन्द्रीय समिति विस्तार गर्ने भएको छ। सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन एमाले ...

एकाविहानै राजनीतिक नेतृत्वप्रति बाबुरामको यस्तो कटाक्ष

काठमाडौं । जसपाका नेता बाबुराम भट्टराईले मुलुकको समस्या राजनीतिक नेतृत्वमा रहेको बताएका छन् ।  आइतबार विहानै सामाजिक संजाल ट्विटमा उनले लेखेका छन् ...

यस्तो बनाईदैछ निषेधाज्ञाको नयाँ मोडालिटी : टाइम कार्ड र सवारी साधनलाई नम्बर प्रणाली

काठमाडौं। १६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको छ। तर, अघिल्लो पटक जस्तो यस पटक एकै पटक ...

पोल्याण्डसँग बराबरीमा रोकिदाँ स्पेन अप्ठ्यारोमा

काठमाडौं । गएराति भएको युरोकप अन्तर्गतको खेलमा बलियो मानिएको टोली स्पेन पोल्याण्डसँग बराबरीमा रोकिएको छ ।  खेल अवधिभर पोल्याण्डमाथि हावी भएको स्पेन...

पोर्चुगलमाथि जर्मनको ४–२ ले शानदार जित

काठमाडौं । युरोकप अन्त्र्गतको शनिबार साँझ भएको खेलमा पोर्चुगलमाथि जर्मनको शानदार जित भएको छ ।  पहिलो हापको १५ औं मिनेटमा पोर्चुगलका लागि रोनाल्डोले...

इटलि नकआउटमा, टर्की घर फर्किदा वेल्सको सम्भावना जिवितै

काठमाडौं । नेपाली समयअनुसार गए साँझ र राति भएको युरोकप खेल अन्तर्गत खेलमा रुस, वेल्स र इटली विजयी भएका छन् ।  मध्यराति भएको खेलमा इटलीले स्विजरल्या...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy