Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

खानेपानीको अभाव झेल्दै आएका पोखराको भलाममा ‘एक घर, एक धारा’ अभियान शुरु

रासस

कास्की । विगत लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पोखरा महानगरपालिका–२० भलामस्थित खोर, लाकुरे, सैनिक बस्ती, खोरिया भण्डारी गाउँ, भलाम फाँट चालिसेका घरघरमा पानीका धारा आउने भएपछि स्थानीयवासी खुशी छन् ।

गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियानअन्तर्गत रु ९० लाख ७० हजारको लागतमा निर्माण गरिने इक्राधारी बिचारी खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै यहाँका स्थानीयवासीको लामो समयदेखिको चाहना पूरा हुने भएको हो ।

विश्वव्यापी पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीमा निर्माण कार्यले निरन्तरता पाएसँगै हाल योजना अन्तिम चरणमा आइपुगेको चित्राघारी बिचारी खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए । 

उनका अनुसार बस्तीभन्दा इक्राघारी बिचारी पानी भलाम खोलाको मुहान एक हजार ७०० मिटर टाढा जङ्गलको स्रोतबाट दुई इन्चको पाइपमार्पmत ल्याइएको पानी जुकेपानी खोरस्थित निर्मित ५० हजार क्षमताको पानी ट्याङ्कीमा सङ्कलन गरिएको छ । उक्त ट्याङ्कीबाट भण्डारी टोलमा ३० हजार र खोरमा ३० हजार लिटर क्षमताका छुट्टाछुट्टै दुईवटा ट्याङ्कीमा सङ्कलन गरी उपभोक्ताको घरघरमा पानी वितरण गर्ने अन्तिम तयारी छ । 

“कोरोना कहरका बाबजुद २०७६ जेठमा शुरु गरेको योजनाको काम कुनै दिन पनि रोकिएन”, उनले भने, “एक वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने यस आयोजनाबाट खोरलगायत ९५ घरका लगभग ५०० परिवारलाई शुद्ध खानेपानीको सुविधा पुग्नेछ ।”

स्रोतबाट सङ्कलन गर्ने तीनवटै ट्याङ्कीमा पानी झरिसकेको छ । योजनाको सम्झौताअनुसार वितरण लाइन विस्तारका लागि जनसहभागिता परिचालन गरिने कार्यक्रमअन्तर्गत यतिखेर पाइप विस्तारको काम भइरहेको छ ।

तीन हजारभन्दा बढी मिटर लम्बाइमा वितरण पाइप विस्तारको काम तीव्र गतिमा भइरहेको छ । तोकिएकै समयमा योजना निर्माण सम्पन्न भई स्थानीय बासिन्दाले खानेपानीको सुविधा पाउनेछन्”, उहाँले भन्नुभयो, “जङ्गल बीचको पानी आगामी असार महिनासम्म घरघरमा जडान गरिएका धाराबाट झर्ने लक्ष्य रहेकामा कोरोनाको दोस्रो भेरियन्टका कारण भएको बन्दाबन्दीले ढिलो हुने हो की भन्ने चिन्ता बढेको छ ।”

नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लबद्वारा विगत झण्डै चार दशकअघि निर्माण गरिएको योजनाबाट टोलटोलमा सामूहिक धारा जडान गरी खानेपानीको व्यवस्था गरिएको भए पनि जीर्ण पाइप र तीव्ररुपमा भएको वस्ती विकासका कारण पानीको अभाव भएका कारण नयाँ योजनाको माग गरिएको समितिका सचिव प्रजापति पाण्डेले बताए । 

करीब सात घरको बीचमा निर्माण गरिएको सानो ट्याङ्कीबाट पाइप विस्तार गरेर अस्थायीरुपमा घरमा पानी लगेपछि कतिपयले भने गाग्री डोकोमा राखेर बोकेर लगी निर्माण गर्दै आएको जनाउँदै उनले बर्सातको समयमा पानी प्रशस्त भए पनि फागुन, चैत र वैशाख लगभग तीन महिना भने पानीको स्रोत कम हुने गरेको बताए । 

उपभोक्ता समितिका कोषाध्यक्ष्य माया जिसीले योजना सम्पन्न भएसँगै प्रत्येक घरमा धाराको मिटर जडानसहितको सम्पूर्ण निर्माण कार्य खानेपानी तथा सरसफाइ कार्यालय स्याङ्जाले गर्ने योजनाअनुसार काम भइरहेको बताए । प्राकृतिक थुम्की निर्माण सेवाले जिम्मा लिएको सो योजनाबाट कूल १२० सम्म धारा जडान गरी सञ्चालन गर्ने क्षमता छ ।

योजना सम्पन्न भएसँगै खानेपानी वितरणलाई व्यवस्थित गर्नका लागि कार्यालय भवनसमेत निर्माण गरिएको छ । भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीयवासी जसुका पौडेलले निःशुल्क उपलब्ध गराएका हुन् । भवन परिसरमा परम्परागत रुपमा उपयोग गरिएको तोरी पेल्ने कोलु, कुटानीपिसानीका साधन ढिकी र जाँतोसमेत स्थापना गरी संरक्षणका साथै प्रदर्शन गर्ने योजना रहेको अध्यक्ष तिमिल्सिनाले बताए ।

पोखरा–२० का वडाध्यक्ष सिम गुरुङका अनुसार वडाले खानेपानीका लागि पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।  इक्राघारी बिचारी खानेपानी योजना सम्पन्न भएसँगै सो क्षेत्रका बासिन्दालाई शुद्ध खानेपानीको सुविधा पुग्ने विश्वास व्यक्त गर्दै उनले विगतमा पानीको व्यवस्थापन गर्नका लागि शुरु गरिएका विभिन्न तीनवटा योजनालाई मर्ज गरेर प्रदेश सरकारको योजनामा पारिएको सो योजनाबाट खानेपानीको चरम अभाव रहेको सो बस्तीमा पानीको सुविधा पुगेको छ । भलामको ¥यालेचौरको केही टोलमा पनि स्रोत पहिचान गरी खानेपानीको व्यवस्था गर्ने योजना रहेको उनको भनाइ छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies