तेहरान । इरानका प्रथम उपराष्ट्रपति इशाक जहाँगिरिले शनिबार देशमा यही जुनमा हुन गइरहेको प्राथमिक निर्वाचनमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
'म जनताको जीवनमा इरानको विकास र सुधारका लागि नयाँ चरण सुरु गर्न निर्वाचनमा आउँदैछु,' जहाँगिरिले इरानको राष्ट्रिय समाचार संस्था आईआरएनएसँग आफ्नो उम्मेदवारी दर्ताबारे उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिए ।
'विगतका वर्षहरूमा इरानले विभिन्न समस्याहरूको सामना गरिरहेको छ र वर्तमानमा जनताको जीविकोपार्जन र देशको बृहत् विकासमा वास्तविक ढोका उघार्नु अहिलेको आवश्यकता हो, उनले भने ।
उनले भने, 'दिगो आर्थिक बृद्धि र इरानमाथि विगतमा लागेका प्रतिबन्धहरू हटाउनु आफ्नो प्राथमिकता रहनेछ । रोजगार र समान सम्पत्तीको पुनः वितरण आफु निर्वाचित भएमा आफ्नो कार्यकालका प्रमुख बिषय हुनेछन् ।'
आगामी चार बर्ष राष्ट्रिय हितको रक्षा गर्ने, आन्तरिक तथा बाह्य तनावलाई क मगर्ने सुनौलो अवसर हुने उनले बताए।
उम्मेदवारी दर्ता प्रक्रियाको अन्तिम दिन इरानी न्यायपालिका प्रमुख इब्राहिम रायसी र संसदका पूर्व सभामुख अली लारीजानीले पनि प्राथमिक अभियानमा भाग लिनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
इरानको आन्तरिकमामिला मन्त्रालयले गत मङ्गलबार औपचारिक रूपमा इरानको १३ औँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता खुला गरेको थियो ।
उम्मेदवारी दर्तापछि इरानको सर्वोच्च संवैधानिक अङ्ग, संविधान संरक्षण परिषद्ले आवेदकहरूको योग्यता मूल्याङ्कन गर्नेछ र योग्य उम्मेद्वारको नाम मे २७ मा सार्वजनिक गर्ने छ । यस अङ्गले याग्य सिफारिस गरेका उम्मेदवार मात्र निर्वाचनमा सहभागी बन्न पाउने छन् ।
तत्पश्चात उम्मेदवारले २० दिनमा निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न प्रचारप्रसार गर्नेछन् । (सिन्ह्वा)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: