Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

इरानको प्रथम उपराष्ट्रपतिद्वारा पनि राष्ट्रपतिको लागि उम्मेदवारी दर्ता 

खबरडबली संवाददाता

तेहरान । इरानका प्रथम उपराष्ट्रपति इशाक जहाँगिरिले शनिबार देशमा यही जुनमा हुन गइरहेको प्राथमिक निर्वाचनमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

'म जनताको जीवनमा इरानको विकास र सुधारका लागि नयाँ चरण सुरु गर्न निर्वाचनमा आउँदैछु,' जहाँगिरिले इरानको राष्ट्रिय समाचार संस्था आईआरएनएसँग आफ्नो उम्मेदवारी दर्ताबारे उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिए । 

'विगतका वर्षहरूमा इरानले विभिन्न समस्याहरूको सामना गरिरहेको छ र वर्तमानमा जनताको जीविकोपार्जन र देशको बृहत् विकासमा वास्तविक ढोका उघार्नु अहिलेको आवश्यकता हो, उनले भने । 

उनले भने, 'दिगो आर्थिक बृद्धि र इरानमाथि विगतमा लागेका प्रतिबन्धहरू हटाउनु आफ्नो प्राथमिकता रहनेछ । रोजगार र समान सम्पत्तीको पुनः वितरण आफु निर्वाचित भएमा आफ्नो कार्यकालका प्रमुख बिषय हुनेछन् ।'

आगामी चार बर्ष राष्ट्रिय हितको रक्षा गर्ने, आन्तरिक तथा बाह्य तनावलाई क मगर्ने सुनौलो अवसर हुने उनले बताए।

उम्मेदवारी दर्ता प्रक्रियाको अन्तिम दिन इरानी न्यायपालिका प्रमुख इब्राहिम रायसी र संसदका पूर्व सभामुख अली लारीजानीले पनि प्राथमिक अभियानमा भाग लिनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

इरानको आन्तरिकमामिला मन्त्रालयले गत मङ्गलबार औपचारिक रूपमा इरानको १३ औँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता खुला गरेको थियो । 

उम्मेदवारी दर्तापछि इरानको सर्वोच्च संवैधानिक अङ्ग, संविधान संरक्षण परिषद्ले आवेदकहरूको योग्यता मूल्याङ्कन गर्नेछ र योग्य उम्मेद्वारको नाम मे २७ मा सार्वजनिक गर्ने छ । यस अङ्गले याग्य सिफारिस गरेका उम्मेदवार मात्र निर्वाचनमा सहभागी बन्न पाउने छन् । 

तत्पश्चात उम्मेदवारले २० दिनमा निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न प्रचारप्रसार गर्नेछन् । (सिन्ह्वा) 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगदेशमा नेकपाको सम्पर्क कार्यालय, दीपशिखा र भीष्मद्वारा उद्घाटन

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...

विकसित पर्वतका लागि मनहरि तिमिल्सिनाको २३ बुँदे रोडम्याप सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...

ओली सरकारले युवालाई गोली ठोक्दा वाम आन्दोलनकाे बदनाम भयो: खतिवडा

काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...

९ सिटबाट जनयुद्ध, २२९ सिटमा सरकार, फेरि ‘एक्लै मैदान’मा गएकाे नेकपाकाे इतिहास दोहोरिन्छ कि मोडिन्छ ?

काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...

ठुटे सिङ लिएर सिंगौरी खेल्न आउनेहरूबाट देश बन्दैनः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...

पानीको मुहान काठमाडौँ–३, तर जितको तिर्खा कसले मेट्ला ?

काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...

शनिबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

बास्कोटाको व्यंग्यः चुनावी दाबी सुन्दा सबैले जितिसके, एकल सरकार पनि बनिसक्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...

कति छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE