काठमाडौं । बहुमतको सरकार गठन गर्न असफल भएपछि थप रणनीति बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास शुक्रबार बुढानिलकण्ठमा विपक्षी तीन दलका शीर्ष नेताबीच छलफल भएको छ।
बहुमतको सरकार गठन गर्न सहयोग गर्ने आश्वासन दिएका एमाले माधव समूहले अन्तिम अवस्थामा आएर धोका दिए पछि विपक्षी गठबन्धनका नेताहरुले थप रणनीति बनाउन लागेका हुन् ।
सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार छलफल भएको देउवाका स्वकिय सचिव भानु देउवाले पुष्टि गरेका छन् । आजको बैठकमा समसामयिक राजनीति र आगामि दिनमा सहकार्य जारी राख्ने विषयमा छलफल केन्द्रीत रहेको एक नेताले बताएका छन् । ओलीले तिस दिनभित्र विश्वासको मत लिन नसके कसरी अगाडि बढ्ने भन्ने बारे छलफल केन्द्रीय रहेको बुझिएको छ ।
बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन असफल भएको तीन दिनपछि ठुलो दलको हैसियतले ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठुलो दलको हैसियतले एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६(३) बमोजिम बिहीबार राति प्रधानमन्त्रीमा पुनः नियुक्ति गरेकी थिइन् । साढे दुई बजे नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । ओली आझै सिंहदरबारमा पदभार बहाली गरी सानो आकारको मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका छन् ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपनि संविधान अनुसार ३० दिनभित्र उनले संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । ३० दिनभित्र विपक्षी गठबन्धनले जसपालाई एकढिक्का बनाएर लैजान सके ओलीलाई पदबाट हटाउन सकिने सम्भावना अझै जिवितै रहेको छ । यदि प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएमा संसदका कुनै सदस्यले ७६(५) बमोजिम संसदम विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न सकेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - ०८:४०
काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...
माघ १६ गते, २०८२ - ०८:३१
तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...
माघ १६ गते, २०८२ - ०८:२५
चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...
माघ १६ गते, २०८२ - ०७:५०
मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...
माघ १६ गते, २०८२ - ०७:४६
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...
माघ १६ गते, २०८२ - ०७:४१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...
माघ १६ गते, २०८२ - ०७:२३
जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...
माघ १६ गते, २०८२ - ०७:१८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...
माघ १६ गते, २०८२ - ०७:१४
कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...
माघ १६ गते, २०८२ - ०७:११
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...




प्रतिकृया लेख्नुहोस्: