Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

प्रधानमन्त्री खड्क ओलीलाई खड्को अझै बाँकी : देउवा निवासमा किन पुगे प्रचण्ड र उपेन्द्र यादव ? 

खबरडबली संवाददाता

काठमाडौं । बहुमतको सरकार गठन गर्न असफल भएपछि थप रणनीति बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास शुक्रबार बुढानिलकण्ठमा विपक्षी तीन दलका शीर्ष नेताबीच छलफल भएको छ।  

बहुमतको सरकार गठन गर्न सहयोग गर्ने आश्वासन दिएका एमाले माधव समूहले अन्तिम अवस्थामा आएर धोका दिए पछि विपक्षी गठबन्धनका नेताहरुले थप रणनीति बनाउन लागेका हुन् ।

सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार छलफल भएको देउवाका स्वकिय सचिव भानु देउवाले पुष्टि गरेका छन् । आजको बैठकमा समसामयिक राजनीति र आगामि दिनमा सहकार्य जारी राख्ने विषयमा छलफल केन्द्रीत रहेको एक नेताले बताएका छन् । ओलीले तिस दिनभित्र विश्वासको मत लिन नसके कसरी अगाडि बढ्ने भन्ने बारे छलफल केन्द्रीय रहेको बुझिएको छ । 

बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन असफल भएको तीन दिनपछि ठुलो दलको हैसियतले ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठुलो दलको हैसियतले एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६(३) बमोजिम बिहीबार राति प्रधानमन्त्रीमा पुनः नियुक्ति गरेकी थिइन् । साढे दुई बजे नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । ओली आझै सिंहदरबारमा पदभार बहाली गरी सानो आकारको मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका छन् ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपनि संविधान अनुसार ३० दिनभित्र उनले संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । ३० दिनभित्र विपक्षी गठबन्धनले जसपालाई एकढिक्का बनाएर लैजान सके ओलीलाई पदबाट हटाउन सकिने सम्भावना अझै जिवितै रहेको छ । यदि प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएमा संसदका कुनै सदस्यले ७६(५) बमोजिम संसदम विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न सकेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...

नेकपाले पनि समानुपातिक सांसद आज टुंगो लगाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ।  निर्वाचन आयोगले तीन दिनभित्र सम...

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...

रास्वपा बैठकको एजेन्डा- समानुपातिक सांसद छान्नेदेखि बालेनलाई दलको नेता बनाउनेबारे छलफलसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...

अपर ठूलोखोला जलविद्युत आयोजनाको बिजुली केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...

मनकामना माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  मनकामना मन्दिर दर्शन गरेर फर्कंद...

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ ।   बजार अनुगमनका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: