Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यहि हो महन्थले सासंद पुर्याएको भक्तपुरको रिसोर्ट, को हुन् संचालक र व्यवस्थापक !

ओली पक्षिय जनप्रतिनिधिको रिसोर्टमा बाक्लाे उठबस !

जसपाका सांसदहरु राखिएको रिसोर्ट र रिसोर्टभित्र देखिएका गाडीहरु ! -तस्विर खबरडबली
खबरडबली संवाददाता

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदहरू एकै ठाउँमा भेला भएका छन्। उनीहरुलाई भक्तपुरको डोलेश्वर मन्दिर जाने बाटोमा पर्ने डोलेश्वर रिसोर्टमा राखिएको हो । 

नाम नबताउने शर्तमा भक्तपुरका एक सुरक्षाअधिकारीले भने, –‘माननिय ज्युहरुले जानकारी त गराउनुभएको छैन, तर उहाँहरु डोलेश्वर रिसोर्टमा भेला भएको सुचना आएको छ । 

स्रोतका अनुसार डोलेश्वर रिसोर्टका संचालक मनाेज केसी र डोर भण्डारी नामका एक सामान्य व्यवसायि देखिएपनि सोही निर्बाचन क्षेत्रका प्रतिनिधिसभा सांसद महेश बस्नेत, सुर्यविनायक नगरपालिकाका मेयर बाशुदेख थापा, ८ नं. वडाका अध्यक्ष किरण थापा लगायतकाको लगानीमा संचालन भएका स्थानीयहरु बताउँछन् । यो भक्तपुरको सुविधासम्पन्न रिसोर्ट हो । 

यि सबै जनप्रतिनिधिहरु नेकपा एमालेबाट निर्बाचित र ओली समुहसँग आवद्ध छन् । रिसोर्ट १२/१५ भन्दा बढी गाडीहरु आएको स्थानीयले बताएका छन् । 

स्राेतका अनुसार भक्तपुरको सुर्यविनायक नगरपालिका ८ को सिपाडोलस्थित डोलेश्वर भिलेज रिसोर्टमा एमाले नेताहरुको लगानी समेत रहेको छ । लगानीकर्ताहरु बस्नेत निकट हुन् । १३ सांसदको व्यवस्थापनमा स्वयं महेश बस्नेत, सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, डोलेश्वर भिलेज रिसोर्ट रहेको वडा नं ८ का अध्यक्ष किरण थापा सक्रिय छन् । थापा उक्त रिसोर्टका लगानीकर्ता पनि रहेको बुझिएको छ । रिसोर्टमा ठाकुर पक्षीय सांसदहरु राजेन्द्र महतो, विमल प्रसाद श्रीवास्तव, अमृता अग्रहरी, चन्दा चौधरी, उमाशंकर अरगरिया, दुलारी देवी खंगा, प्रमोद साह, रानी मण्डल, नरमाया ढकाल, निर्जला राउतलगायत छन् ।

सांसदहरूलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै रहेका छन्। ‘कुन रिसोर्टमा भन्न मिल्दैन। यहाँ राजेन्द्र महतो पनि हुनुहुन्छ। सबै व्यवस्थापन गरेर उहाँ फर्किनुहुन्छ,’ ती सांसदले भने। जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे पनि ठाकुरले १३ सांसदलाई मात्रै रिसोर्टमा भेला गराउन सकेका हुन्।

ठाकुर र महतोले बिहीबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए। उनीहरुबीच के कुरा भयो भन्ने बाहिर आएको छैन। देउवालाई भेटेर आएपछि अध्यक्ष ठाकुर र महतो पक्षको सांसद भेला भएका हुन्।

जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई कांग्रेस सभापति देउवा नेतृत्वको गठबन्धन सरकारका पक्षमा छन् भने ठाकुर र महतो कुनै पनि सरकार निर्माणमा संलग्न नभएर तटस्थ बस्ने लाइनमा छन्। जसपा दुई धारमा विभाजित भएपछि काँग्रेसले बहुमतको दाबी पेस गर्ने नगर्ने अन्योल छ। काँग्रेसलाई बहुमतको दाबी गर्न एकीकृत जसपा आवश्यक छ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसद्मा मागेको विश्वासको मत नपाएपछि पदमुक्त भएका छन्। दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार दाबी गरेर राष्ट्रपतिसमक्ष निवेदन पेस गर्ने आज बेलुका ९ बजे अन्तिम समय तोकिएको छ। समयसीमा अगावै निवेदन पेस नभए संविधान ७६ ९३० अनुसार संसद्मा रहेको सबैभन्दा ठुलो दलको रूपमा केपी ओलीले सरकारको नेतृत्व गर्नेछन्।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

क्रिकेटर मोहम्मद शामीलाई पक्राउ नगर्न मुम्बई पुलिसलाई दिल्ली पुलिसको रोचक आग्रह

काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ ।  बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies