Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

यहि हो महन्थले सासंद पुर्याएको भक्तपुरको रिसोर्ट, को हुन् संचालक र व्यवस्थापक !

ओली पक्षिय जनप्रतिनिधिको रिसोर्टमा बाक्लाे उठबस !

जसपाका सांसदहरु राखिएको रिसोर्ट र रिसोर्टभित्र देखिएका गाडीहरु ! -तस्विर खबरडबली
खबरडबली संवाददाता

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदहरू एकै ठाउँमा भेला भएका छन्। उनीहरुलाई भक्तपुरको डोलेश्वर मन्दिर जाने बाटोमा पर्ने डोलेश्वर रिसोर्टमा राखिएको हो । 

नाम नबताउने शर्तमा भक्तपुरका एक सुरक्षाअधिकारीले भने, –‘माननिय ज्युहरुले जानकारी त गराउनुभएको छैन, तर उहाँहरु डोलेश्वर रिसोर्टमा भेला भएको सुचना आएको छ । 

स्रोतका अनुसार डोलेश्वर रिसोर्टका संचालक मनाेज केसी र डोर भण्डारी नामका एक सामान्य व्यवसायि देखिएपनि सोही निर्बाचन क्षेत्रका प्रतिनिधिसभा सांसद महेश बस्नेत, सुर्यविनायक नगरपालिकाका मेयर बाशुदेख थापा, ८ नं. वडाका अध्यक्ष किरण थापा लगायतकाको लगानीमा संचालन भएका स्थानीयहरु बताउँछन् । यो भक्तपुरको सुविधासम्पन्न रिसोर्ट हो । 

यि सबै जनप्रतिनिधिहरु नेकपा एमालेबाट निर्बाचित र ओली समुहसँग आवद्ध छन् । रिसोर्ट १२/१५ भन्दा बढी गाडीहरु आएको स्थानीयले बताएका छन् । 

स्राेतका अनुसार भक्तपुरको सुर्यविनायक नगरपालिका ८ को सिपाडोलस्थित डोलेश्वर भिलेज रिसोर्टमा एमाले नेताहरुको लगानी समेत रहेको छ । लगानीकर्ताहरु बस्नेत निकट हुन् । १३ सांसदको व्यवस्थापनमा स्वयं महेश बस्नेत, सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, डोलेश्वर भिलेज रिसोर्ट रहेको वडा नं ८ का अध्यक्ष किरण थापा सक्रिय छन् । थापा उक्त रिसोर्टका लगानीकर्ता पनि रहेको बुझिएको छ । रिसोर्टमा ठाकुर पक्षीय सांसदहरु राजेन्द्र महतो, विमल प्रसाद श्रीवास्तव, अमृता अग्रहरी, चन्दा चौधरी, उमाशंकर अरगरिया, दुलारी देवी खंगा, प्रमोद साह, रानी मण्डल, नरमाया ढकाल, निर्जला राउतलगायत छन् ।

सांसदहरूलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै रहेका छन्। ‘कुन रिसोर्टमा भन्न मिल्दैन। यहाँ राजेन्द्र महतो पनि हुनुहुन्छ। सबै व्यवस्थापन गरेर उहाँ फर्किनुहुन्छ,’ ती सांसदले भने। जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे पनि ठाकुरले १३ सांसदलाई मात्रै रिसोर्टमा भेला गराउन सकेका हुन्।

ठाकुर र महतोले बिहीबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए। उनीहरुबीच के कुरा भयो भन्ने बाहिर आएको छैन। देउवालाई भेटेर आएपछि अध्यक्ष ठाकुर र महतो पक्षको सांसद भेला भएका हुन्।

जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई कांग्रेस सभापति देउवा नेतृत्वको गठबन्धन सरकारका पक्षमा छन् भने ठाकुर र महतो कुनै पनि सरकार निर्माणमा संलग्न नभएर तटस्थ बस्ने लाइनमा छन्। जसपा दुई धारमा विभाजित भएपछि काँग्रेसले बहुमतको दाबी पेस गर्ने नगर्ने अन्योल छ। काँग्रेसलाई बहुमतको दाबी गर्न एकीकृत जसपा आवश्यक छ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसद्मा मागेको विश्वासको मत नपाएपछि पदमुक्त भएका छन्। दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार दाबी गरेर राष्ट्रपतिसमक्ष निवेदन पेस गर्ने आज बेलुका ९ बजे अन्तिम समय तोकिएको छ। समयसीमा अगावै निवेदन पेस नभए संविधान ७६ ९३० अनुसार संसद्मा रहेको सबैभन्दा ठुलो दलको रूपमा केपी ओलीले सरकारको नेतृत्व गर्नेछन्।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending