चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० शय्याको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी थप १२० शय्या सञ्चालनमा ल्याउन लागेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शुक्रबारबाट कोभिड वार्ड सञ्चालन गर्ने तयारी गरिएको छ । अस्पतालको रेडिएशन, बच्चा, नाक, कान, घाँटी र मूत्रथैली विभागका बिरामीलाई अन्यत्र सारिँदै छ । ती विभागहरुमा बारेर मनिटरलगायतका सामान जडान गर्ने काम अघि बढाइएको गौतमको भनाइ छ ।
ती वार्डहरुमा अक्सिजनको पाइपलाइन रहेका छन् । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएकाले समस्या नपर्ने अनुमान गरिएको छ । ती शय्याहरुमा छवटा भेन्टिलेटरसमेत जडान गरिँदै छ । गौतमले भने, “प्रदेश, सङ्घीय सरकार र दाताहरुसँग भेन्टिलेटरलगायतका उपकरण माग गरेका छाँै ।” ती वार्डलाई सकेसम्म सुविधासम्पन्न बनाइने अस्पतालले जनाएको छ । जिल्लामा सङ्क्रमित बढ्दै गएपछि क्यान्सर अस्पतालले कोभिडको उपचार शुरु गर्न लागेको हो । यहाँ यस जिल्लाका भन्दा धेरै बिरामी बाहिरबाट आएका छन् ।
चार सय ५० शय्याको क्यान्सर अस्पतालमा हाल २२० क्यान्सरका बिरामी उपचाररत रहेका छन् । कोभिड वार्डमा १० जना रहेका छन् । यस अस्पतालमा क्यान्सर रोगको उपचारका लागि देशभरबाट बिरामी आउने गर्दछन् । अन्य समयमा भारतका सीमा क्षेत्रबाट समेत यहाँ बिरामी आउने गरेका थिए । चीन सरकारको सहयोगमा यो अस्पताल निर्माण भएको हो ।
जिल्लामा हाल विभिन्न अस्पतालमा गरी ७३० शय्यामा कोभिडका बिरामीको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर अस्पतालमा १४५ शय्या सञ्चालनमा रहेको छ । एक÷दुई दिनभित्रमा नै सो अस्पतालले २०० शय्या पु¥याउँदै छ ।
चितवन मेडिकल कलेजमा २६०, पुरानो मेडिकल कलेजमा २००, गुञ्जमान सिंह हस्पिटलमा १०, बघौडा अस्पताल माडीमा १०, बकुलहर अस्पताल रत्ननगरमा २८, खैरहनी स्वास्थ्यचौकीमा १५, राप्ती अस्पतालमा २०, कालिका नगर अस्पतालमा १२ र इच्छाकामनामा २० शय्या सञ्चालनमा रहेको छ । तिवारीका अनुसार पालिकाले सञ्चालन गरेका अस्पतालमा पनि अक्सिजन र चिकित्सकको सुविधा रहेको छ ।
जिल्लाका निजी अस्पतालमा पनि ३५ सङ्क्रमित उपचाररत रहेको तिवारीले जानकारी दिनुभयो । जिल्लाका निजी अस्पताल मिलेर एउटा अस्पताललाई कोरोना अस्पताल बनाउने तयारी गरेका छन् । निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले भोलिसम्ममा कुन अस्पताललाई कोरोना अस्पताल बनाउने टुङ्गो लाग्ने जानकारी दिए ।
निजी अस्पताल मिलेर ६० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने तयारी गरेका छन् । हाल जिल्लाका अस्पतालमा ४५६ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये १९८ जना जिल्लाका हुन् भने अन्य बाहिरी जिल्लाका हुन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार तीन हजार १२४ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सङ्क्रमितको सङ्ख्या १० हजार ४३१ पुगेको छ । तीमध्ये सात हजार १५७ निको भएका छन् भने १५२ जनाको निधन भएको छ । जिल्लामा कोभिड उपचारका लागि साधारण शय्याको अभाव नभए पनि सघन उपचारकक्ष भने भरिएका छन् । भेन्टिलेटरको पर्खाइमा बिरामीको मृत्युसमेत हुन थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: