Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

म्याग्दीमा सङ्क्रमितले समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै

रासस

गलेश्वर । शरीरमा अक्सिजनको कमी भएको समयमै थाहा नपाउँदा र समयमा नै अस्पतालमा गएर उपचार नगराउँदा म्याग्दीमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक सातायता म्याग्दीमा कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको बेनी अस्पतालले जनाएको छ ।

बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलका अनुसार कोरोनाको दोस्रो लहरसँगै बेनी अस्पतालमा उपचारका लागि आउने कोरोना सङ्क्रमितमध्ये अधिकांशको अवस्था चिन्ताजनक हुने गरेको र उनीहरुमा अक्सिजनको स्तर ३० देखि ५० प्रतिशतमा झरेको हुने भएकाले उपचारमा समस्या हुने गरेको छ ।

अस्पतालमा समयमा नै उपचारका लागि आउने बिरामीलाई कुनै समस्या नभएको बताउँदै अक्सिजनको मात्रा ६५ प्रतिशतसम्म भएका बिरामीलाई समेत उपचारपछि बुधबार डिस्चार्ज गरिएको डा कँडेलको भनाइ छ । शरीरमा अक्सिजनको मात्रा ९० देखि १०० प्रतिशतसम्म राम्रो मानिने डा कँडेलले बताए ।

होम आइसोलेशनमा बसिरहेका बिरामीहरुको नियमित अक्सिमिटरले जाँच गर्नुपर्ने डा कँडेलको सुझाव छ । घाँटी चिलाउने, खस्खसाउने, खोकी लाग्ने, एक्कासि श्वासप्रश्वासको समस्या देखिने जस्ता समस्या देखिएमा तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्ने उनले बताए  ।

बुधबार बेनी अस्पतालमा मृत्यु भएका बेनी नगरपालिका–५ का ४१  वर्षीय  पुरूषलाई   श्वासप्रश्वासमा समस्या भएपछि मङ्गलबार राति उपचारका लागि  अस्पतालमा ल्याइएको थियो । हाइफ्लो अक्सिजन दिएर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

कोरोना सङ्क्रमणले सिकिस्त भएर अन्तिम अवस्थामा अस्पतालमा उपचार गर्न आएकाले बचाउन अनेक प्रयास गर्दा पनि नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । हिजो बुधबार मात्र म्याग्दीका तीन कोरोना सङ्क्रमितको निधन भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बुधबार साँझसम्म बेनी अस्पतालमा कोरोना पुष्टि भएका नौ जनाको मृत्यु भएको छ । त्यसैगरी जिल्लामा बिरामी भई थप उपचारका लागि काठमाडौँ र पोखरा गएका कोरोना सङ्क्रमित पाँच र म्याग्दी स्थायी ठेगाना भई काठमाडौँ र पोखरालगायतका शहरमा बसोबास गर्ने पाँच गरी वैशाख महिनामै १९ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies