मोरङ । पछिल्लो २४ घण्टाको अवधिमा मोरङका चारवटा अस्पतालमा उपचाररत कोभिड–१९ भाइरस संक्रमित नौ व्यकितहरुको मृत्यु भएको छ । उपचारका क्रममा सोमबार रातिदेखि मंगलबार बिहानसम्ममा नौ जनाको मृत्यु भएको हो ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा एक, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन र विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक जनाको मृत्यु भएको छ।
विराट शिक्षणमा विराटनगर महानगरपालिका–६ की ७० वर्षीया वृद्धा महिलाको मंगलबार बिहानका राति १२:३० बजेतिर मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवकाअनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि वैशाख १९ गते भर्ना गरिएको थियो।
विराट नर्सिङ होममा उपचाररत धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुषको पनि मंगलबार बिहान ९ बजेतिर मृत्यु भएको छ। कोरोना रिपोर्ट पोजिटिभ आएका उनलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो।
त्यस्तै विराटनगर–१६ का ५२ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उनको बिहान ४ बजेतिर मृत्यु भएको हो। कोरोना संक्रमण यकिन भएपछि वैशाख २० गते उपचारका लागि अस्पताल भर्ना गरिएको उनको भनाइ छ।
धनुषाको जनकपुर–४ का ५२ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ। उनको बिहान ४:३० बजेतिर मृत्यु भएको जानकारी दाहालले दिए। उनकाअनुसार कोरोना पुष्टि भएपछि मृतक पुरुषलाई उपचारका लागि वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो।
उदयपुरको त्रियुगा नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २६ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। उनको बिहान ६:३० बजेतिर मृत्यु भएको जानकारी दाहालले दिए।
त्यस्तै त्रियुगा–५ का ५० वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ। केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा बिहानका राति १:३० बजेतिर मृत्यु भएको राजवंशीले बताए ।
झापाको दमक नगरपालिका–८ की ५६ वर्षीया महिलाको पनि कोसीमै मृत्यु भएको छ। बिहानका राति १२:१५ बजेतिर उनको मृत्यु भएको हो। राजवंशीकाअनुसार महिलालाई उपचारका लागि वैशाख १६ गते अस्पताल भर्ना गरिएको थियो ।
कोसीमै विराटनगर–१० का ६८ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ। पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि वैशाख १३ गते अस्पताल भर्ना गरिएको सूचना अधिकारी राजवंशीले बताए। उनका अनुसार संक्रमित वृद्धाको मृत्यु सोमबार राति १० बजेतिर भएको हो।
त्यस्तै तनहुँका ६० वर्षीय वृद्ध पुरुषको पनि कोसीमै मृत्यु भएको छ। उनको सोमबार राति ८ बजेतिर मृत्यु भएको हो। राजवंशीका अनुसार कोरोना संक्रमण देखिएका पुरुषलाई उपचारका लागि वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो।
अस्पतालहरुले दिएको जानकारी अनुसार अत्यन्तै गम्भीर अवस्थामा उपचारका लागि भर्ना गरिएका संक्रमितहरुको आईसीयू र भेन्टिलेटरमा मृत्यु भएको हो। कतिपय मृतकहरुमा मुटु र फोक्सो सम्बन्धीको पुरानै समस्या रहेको थियो। कतिपयमा मधुमेह, उच्चरक्तचापको पुरानै समस्या र शरीरमा अक्सिजनको कमी रहेको पाइएको छ ।
-किशाेर बुढाथाेकी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: