काठमाडौं । सत्ता समिकरणको खेलमा जनता समाजवादी पार्टी दुई ध्रुर्वमा विभाजित भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको पुस ५ गतेको निर्णयलाई असंवैधानिक कदम भएको घोषणा गरेको जसपा संसद विघटनपछि विभाजनको डिलमा पुगेको छ ।
सत्ता समिकरणमा कसलाई सहयोग गर्ने भन्नेमा संस्थागत निर्णय लिन नसकेको जसपाको आन्तरिक कलह सोमबार संसदमा प्रस्टै देखियो । निलम्बित दुई सहित ३४ सांसद रहेको जसपामा संसद पुर्नस्थापना पछि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएका छन् ।
अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूह ओलीको विपक्षमा देखिएका छन् । हिजो संसदमा विश्वासको मत लिने बेला ठाकुर र उनी पक्षका सांसद तटस्थ बसेका थिए । महन्त ठाकुरले क्रममा लागेकाहरुको मुद्दा फिर्ता लिने विषयमा सबैले सुने पनि कार्यान्वयन ओलीले गरेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरेका थिए ।
उनलको बुझाइमा पछिल्लो समयमा मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका सवालहरुमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रुपले अगाडि बढिरहेको निष्कर्ष सुनाउँदै सरकारको विकल्प नखोजिने घोषणा गरेका छन् । पार्टीभित्रकै अर्का अध्यक्ष उपेन्द्र यादवले बहुमतको सरकार बनाउन विपक्षी गठबन्धन कांग्रेस–माओवादीको प्रस्तावमाथि हस्तक्षर गरेपछि सरकारको विकल्प खोज्न नहुने भन्दै सोमबार राति विज्ञेप्ती जारी गरेका छन् ।
उनले जारी विज्ञेप्तीमा भनेका छन्, ‘सरकारको विकल्प खोज्ने विषय पार्टीको कुनै नीति नरहेको प्रष्ट पार्दछु । जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो ।’ वैकल्पिक सरकार गठनको कार्यबाट झन् अस्थिरता हुने तथा एजेण्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने ठाकुरले भनेका छन् ।
जसपा कै भट्टराई–यादव पक्षका सांसदहरुले प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा मत दिएका थिए । आन्तरिक विवादले संसदीय दलमा समेत व्हीप जारी गर्न नसकेको जसपाको अनिर्णयले नयाँ सरकार गठन प्रकृयामा अवरोध सिर्जना हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - ०९:२९
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ...
माघ २४ गते, २०८२ - ०९:२८
बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु त...
माघ २४ गते, २०८२ - ०९:२५
बिर्तामोड । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्...
माघ २४ गते, २०८२ - ०९:१९
काठमाडौं । विगत केही समयदेखि तेल र चामलजस्ता दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धिको कारण केलाउने काम भइरहेको र मातहतका निकायले अनुगमन तीव्र पारेक...
माघ २४ गते, २०८२ - ०८:०१
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पा...
माघ २४ गते, २०८२ - ०७:५४
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङ...
माघ २४ गते, २०८२ - ०७:४७
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था न...
माघ २४ गते, २०८२ - ०७:४३
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी ...
माघ २४ गते, २०८२ - ०७:३०
म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुन...
माघ २४ गते, २०८२ - ०७:१७
काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) ...



प्रतिकृया लेख्नुहोस्: