Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

जसपाभित्र आन्तरिक कलह चुलिदै, ठाकुर समूह सरकारको विकल्पको विपक्षमा उभिने संकेत

खबरडबली संवाददाता

काठमाडौं । सत्ता समिकरणको खेलमा जनता समाजवादी पार्टी दुई ध्रुर्वमा विभाजित भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको पुस ५ गतेको निर्णयलाई असंवैधानिक कदम भएको घोषणा गरेको जसपा संसद विघटनपछि विभाजनको डिलमा पुगेको छ ।

सत्ता समिकरणमा कसलाई सहयोग गर्ने भन्नेमा संस्थागत निर्णय लिन नसकेको जसपाको आन्तरिक कलह सोमबार संसदमा प्रस्टै देखियो ।  निलम्बित दुई सहित ३४ सांसद रहेको जसपामा संसद पुर्नस्थापना पछि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएका छन् ।

अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूह ओलीको विपक्षमा देखिएका छन् । हिजो संसदमा विश्वासको मत लिने बेला ठाकुर र उनी पक्षका सांसद तटस्थ बसेका थिए ।  महन्त ठाकुरले क्रममा लागेकाहरुको मुद्दा फिर्ता लिने विषयमा सबैले सुने पनि कार्यान्वयन ओलीले गरेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरेका थिए ।  

उनलको बुझाइमा पछिल्लो समयमा मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका सवालहरुमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रुपले अगाडि बढिरहेको निष्कर्ष सुनाउँदै सरकारको विकल्प नखोजिने घोषणा गरेका छन् । पार्टीभित्रकै अर्का अध्यक्ष उपेन्द्र यादवले बहुमतको सरकार बनाउन विपक्षी गठबन्धन कांग्रेस–माओवादीको प्रस्तावमाथि हस्तक्षर गरेपछि सरकारको विकल्प खोज्न नहुने भन्दै सोमबार राति विज्ञेप्ती जारी गरेका छन् ।

उनले जारी विज्ञेप्तीमा भनेका छन्, ‘सरकारको विकल्प खोज्ने विषय पार्टीको कुनै नीति नरहेको प्रष्ट पार्दछु ।  जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो ।’ वैकल्पिक सरकार गठनको कार्यबाट झन् अस्थिरता हुने तथा एजेण्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने ठाकुरले भनेका छन् ।

जसपा कै  भट्टराई–यादव पक्षका सांसदहरुले प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा मत दिएका थिए । आन्तरिक विवादले  संसदीय दलमा समेत व्हीप जारी गर्न नसकेको जसपाको अनिर्णयले नयाँ सरकार गठन प्रकृयामा अवरोध सिर्जना हुँदै आएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending