काठमाडौं । चीन अनुदान स्वरुप सहयोग गरेको ४० थान भेन्टिलेटर मेशिन सडकमार्ग हुँदै तातोपानि नाकामा आउने भएको छ ।
चिनियाँ सहयोगका ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एनेस्थिेसिया मेसिन उपलब्ध गराउँदै छ ।
यसअघि चीन सरकारले चारसय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर हवाईमार्गबाट पठाउने तयारी गरिसकेको छ । सोही सहयोग लिन नेपाल एयरलाईन्सको वाइडबढी विमान यहि २७ गते बेइजिङ् पुग्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी चीन सरकारले अनुदान स्वरुप नेपाल सरकारलाई २० हजार थान अक्सिजन सिलिण्डर सहयोगको घोषणा गरिसकेको छ । सोही अनुसारको ४ सय थान हवाई मार्गबाट ल्याउन लागिएको हो ।
प्रतिकृया लेख्नुहोस्: