काठमाडौं । संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिने दिन नजिकिदै गर्दा सत्तारुढ दल नेकपा एमालेका दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताहरुको दौडधुप तिव्र भएको छ ।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटर विश्वासको मत मागेका एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्।
पार्टीभित्र दुईपक्षीय दवाबमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वार घोषणा गर्न सकेका छैनन् ।
बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ मा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न र वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने भनेकोले त्यसबारे तयारी गर्न शीर्ष नेताबीच छलफल हुन लागेको बालुवाटर स्रोतले बताएको छ ।
उपनिर्वाचनका लागि आज १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन गर्नुपर्नेछ। एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि निर्णय गरिसकेको छैन।
यस्तै, माधव कुमार नेपालले बिहीबार कांग्रेस सभापति देउवालाई भेट गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका छन् । माधव समूहले विपक्षी गठबन्धनसंग मिलेर संघीयता विद् डा. खेमलाल देवकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
पार्टीको विवादको मिलन विन्दु पहिल्याउन होटल मेरियटमा दुवै पक्षका दोस्रो तहका नेताहरुबीच भेटघाट भएको छ । संभवत : दुवै पक्षका दुई शीर्ष नेताबीच भेटघाट हुन सक्ने नेताहरुले बताएका छन् ।
माधव समूहले प्रधानमन्त्री ओली फागुन २८ गतेको निर्णयबाट ब्याक नभए आफ्ना पक्षले सामूहिक राजिनामा दिने मुडमा पुगेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: