रुपन्देही । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अपुग भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीका आफन्तले अक्सिजनका लागि पहल गर्न फोन, सामाजिक सञ्जाल तथा पत्रकारलाई समेत फोन गरेर आग्रह गरेका छन् ।
अक्सिजन सप्लायर्सले समयमा आपुर्ति नगरीदिँदा अस्पतालमा मौज्दात अक्सिजन सकिएपछि अस्पतालमा भर्ना भएका बिरामीको उपचारमा समस्या हुने देखिएको छ । लुम्बिनी प्रदेशिक र धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा कोरोना सङ्क्रमित बिरामी बढेपछि अक्सिजनको खपत पनि बढेको छ तर मागअनुसार अक्सिजन उपलब्ध नहुँदा अभाव भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
आज दिउँसोसम्मका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आपूर्ति नभए सघन उपचार कक्षमा उपचाररत बिरामीको अवस्था नाजुक हुनसक्ने उनले बताए । दैनिक २०० सिलिण्डरको माग हुने अस्पतालमा दैनिक ८० देखि १०० सिलिण्डर मात्र रहेको र समयमा थप सिलिण्डर नआए बिरामीको ज्यान जोखिममा पर्ने सूचना अधिकारी डा गौतमले जानकारी दिए ।
जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दो भएकाले श्वासप्रश्वासमा समस्या देखिएका बिरामीलाई अक्सिजनको माग बढी छ । अस्पतालले अहिले नेपालगञ्जबाट अक्सिजन आपूर्ति गरेको छ । अन्य जिल्लामा पनि अक्सिजनको माग बढी भएकाले सप्लायर्सले नियमितभन्दा धेरै आपूर्ति गर्न नसक्ने बताएपछि समस्या आएको अस्पतालले जनाएको छ । अस्पतालले अन्य आपूर्तिको पहल भइरहे पनि अहिलेसम्म कुनै सप्लायर्ससँग सम्झौता हुनसकेको छैन । अस्पतालकै अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याइए पनि अपुग भएको छ ।
प्रादेशिक अस्पताल मातहत रहेको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दैनिक १५० सिलिण्डरको खपत हुँदै आएको छ । कोरोनाका बिरामी बढेपछि त्यहाँ पनि माग बढेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा राजेन्द्र खनालले नागरिक हेल्प डेस्कबाट दैनिक ४०० देखि ५०० सिलिण्डर अक्सिजन आपूर्ति गरिदिन सामाजिक सञ्जालमार्फत याचना गरेका छन् । अहिले सप्लायर्सबाट आपूर्ति भएको १००–१५० सिलिन्डर अक्सिजनले थाम्न नसक्ने भएकाले थप सिलिण्डर आवश्यक भएको उनले बताए ।
“अझ हामीले दुई÷चार दिनमै अर्को एचडीयू खोल्दा र अन्य अक्सिजन श्यया थप्दा सम्भव भए ३०–३५ श्ययाको अर्को कोभिड आइसीयू बनाउँदा कम्तीमा एक हजार सिलिन्डरको आपूर्ति हुनुपर्ने हुन्छ, कसरी व्यवस्था गर्नु”, उनले आफ्नो फेसबुकमार्फत सहयोगका लागि आग्रह गर्दै भनेका छन् ।
लुम्बिनी प्रादेशि अस्पतालमा अस्पतालको फिवर क्लिनिकमा आउने कोरोना शङ्का लागेका बिरामीलाई पनि आकस्मिक कक्षमा राखेर उपचारको व्यवस्था मिलाइएको छ । अस्पतालमा दैनिक २०० भन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा फिवर क्लिनिकमा सात, कोरोना विशेष अस्पतालमा अक्सिजनजडित श्यया (एचडीयू) ३६ तथा १५ वटा सघन उपचारकक्ष (आइसीयु) श्यया छन् । यीबाहेक बेञ्च तथा भुइँमै राखेर पनि अक्सिजनको सहायतामा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।
अक्सिजनको अभाव भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले अस्पतालमा अक्सिजन सिलिण्डर उपलब्ध गराउन सबैलाई सहयोगका लागि आग्रह गरेका छन् । अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेशनमा अक्सिजन सिलिण्डर जम्मा भएका कारणले बिरामीको चाप भएका अस्पतालमा अभाव देखिएको जनाउँदै अस्पतालमा सिलिण्डर उपलब्ध गराउन उहाँले आज सामाजिक सञ्जालमार्फत आग्रह गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: