Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

नेकपा फुटाएका ओलीकै कारण एमाले पनि 'फुट्‍दै'

खबरडबली संवाददाता

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले फुटको संघारमा छ । आन्तरिक विवाद झाँगिएको एमालेमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समूह र झलनाथ खनाल-माधवकुमार समूहबीच पानी बाराबारको स्थिति छ ।

पार्टीभित्र एकलौटी गरेर नेकपा फुटाएका ओलीकै कारण एमाले पनि फुट्‍ने निश्‍चित छ । एमालेभित्रकै विवाद मिलाउन नसकेका ओलीले सोमबार मात्रै बैशाख २७ गते प्रधानमन्त्रीमा विश्वासको मत लिने टुंगो लगाए । सरकारले सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गते संसद्‌ बैठक आव्हान पनि गरिसकेकी छन् ।

विश्वासको मत लिन प्रधानमन्त्री ओलीले सोचे जस्तो सजिलो छैन । अहिलेसम्म जनता समाजवादीको महन्थ ठाकूर समूहले ओलीलाई विश्वासको मत दिनेछ भने उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समूहले ओलीलाई मत दिने छैनन् । अरु दलको त कुरौँ छाडौँ ओलीलाई एमालेकै खनाल-नेपाल समूहले पनि मत नदिने निश्चित भइसकेको छ ।

पुस ५ गते संसद् विघटन गरेदेखि यता खनाल-नेपाल समूह ओलीसँग रुष्ट छ । पछिल्लो समय २०७५ जेठ २ गतेकै अवस्थामा एमाले फर्किनुपर्ने खनाल-नेपाल समूहको अडानलाई ओलीले मानेका छैनन् । बैशाख २७ गतेभित्रै आफुहरूले कुनै निर्णय लिने खनाल-नेपाल समूहको तयारी छ ।

अब सुनौँ खनाल-नेपाल समूहका नेताका कुरा
खनाल-नेपाल समूहमा अहिले अब के गर्ने भन्‍नेबारे विभिन्‍न ढंगले आन्तरिक छलफल चलिरहेको छ । ओलीलाई सहयोग गर्ने कि नगर्ने ? बैशाख २७ गते अघि आफू निकट सांसदहरूले राजीनामा दिने कि 'फ्‍लोर क्रस' गर्ने ? मुख्यत यी तीन विषयमा खनाल-नेपाल समूहका नेताहरू अनौपचारिक रुपमा छलफल गरिरहेका छन् ।

'विधि र विधान नमान्‍नेलाई किन सहयोग गर्ने भन्‍ने कतिपय साथीहरूको कुरा छ' खनाल-नेपाल निकट नेता जगन्नाथ खतिवडाले खबरडबलीसँग भने 'कतिपय सांसदहरूले सामूहिक राजीनामा दिनुपर्ने पनि बताएका छन् ।' खनाल-नेपाल समूहलाई कहिले कारबाही गरेर तर्साउँछन् त कहिले पार्टीबाट निष्कासन गर्छु भन्‍दै तर्साउनेलाई कुनै हालतमा विश्वासको मत दिन नहुने नेताहरूबीच अनौपचारिक कुरा पनि भएको छ । 'ठाउँ-ठाउँमा सामूहिक राजीनामा दिने अभ्यास पनि नभएका होइनन् अनि 'फ्‍लोर क्रस' गर्ने पनि प्राक्टिस छ' खतिवडाले भने ।

नेपाल समूहकी नेतृ दिलु पन्तले ओलीलाई कुनै हालतमा विश्वासको मत नदिने दाबी गरिन् । 'ओलीलाई सहयोग त कुनै हालतमा गर्दैनौँ' पन्तले खबरडबलीसँग भनिन् 'कि सांसदहरूको सामूहिक राजीनामा हुन्छ कि 'फ्लोर क्रस' हुन्छ ।' ओलीले पार्टीको नाममा मनलाग्दी गरेकाले अत्याचार नसहने उनले बताइन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending