बलेवा । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका एक पुरुष केही वर्षदेखि एचआइभी एड्सविरुद्धको औषधि प्रयोग गरिरहेका छन् । आफूमा संक्रमण रहेको पुष्टि भएपछि उनले धौलागिरि अस्पतालको एआरटी सेन्टरमार्फत औषधि खान शुरु गरेका हुन् । औषधिको प्रयोगले उनको स्वास्थ्य त सुधार भएको छ तर आफू संक्रमित भएको समाजले थाहा पाउला कि भन्ने त्रासले भने उनलाई पिरोलिरहन्छ ।
सामान्य समयमा विभिन्न बहानामा बागलुङ बजार आउने र गोप्य रुपमा एआरटी सेन्टर पुगेर औषधि लिने उनलाई अघिल्लो वर्षको बन्दाबन्दी समयमा सबैभन्दा धेरै समस्या भयो । एक दिन पनि छुटाउन नहुने औषधि बन्दाबन्दीका कारण लिन पाइएन भने समस्या बल्झेला भन्ने त्रासमा उनी थिए ।
‘खुलेर हिँड्न समाज बदलिएको छैन्, महामारीको समयमा गोप्य रहन निकै कठिन हुँदोरहेछ’, उनले भने ‘सामाजिक बहिष्करणको त्रासमा हामी संक्रमित छौं, एचआइभी संक्रमण सामान्य समस्या हो भन्ने चेतनाको अभाव छ ।’ उनी जस्तै जिल्लाभर रहेका सबै संक्रमितले सो महामारीका समयमा निकै कष्टकर दिन बिताए ।
कोरोना महामारीको दोस्रो लहर जिल्लाभर फैलिरहेको छ । एचआइभी तथा यौन रोगका बिरामीलाई महामारीका समयमा थप कठिन हुने देखिएको छ । ‘संक्रमितहरुप्रति सबै सचेत र जिम्मेवार बन्नु जरुरी छ तर हामीले सामाजिक चेतना पु¥याउनमा ध्यान दिएनाँैं’, धौलागिरि अस्पतालमा रहेको एआरटी सेन्टरका इन्चार्ज प्रदीप आचार्य भन्छन्, ‘कोरोना संक्रमितको उच्च खतरामा संक्रमितहरु छन्, उनीहरुलाई जोगाउनु, जीवनरक्षा गर्नु मुख्य चुनौतीको विषय हो ।’
कोरोनाको उच्च जोखिममा रहेर पनि खुलेर आफ्नै रक्षाका लागि आवाज उठाउन नपाएको संक्रमितहरुको गुनासो छ । वृद्ध, बालक र अन्य बिरामीलाई जोगाउन सरकारले सचेतना अभियान चलाए पनि आफूहरुका विषयमा कहीँकतै आवाज नउठेको संक्रमितको गुनासो छ ।
उनीहरुलाई जोखिमबाट बचाउनका लागि आचार्य आफैँले घरघरमा औषधि पु¥याउने गर्नुभएको छ । वर्षाको हिलो होस् वा हिउँदको धुलो, आचार्यले व्यक्तिगत सवारी साधन प्रयोग गरेर बिरामीका घरघरमा औषधि पु¥याइरहनुभएको छ । ‘अन्य मानिसहरुभन्दा एचआइभी तथा यौन रोग संक्रमितहरु खतरामा हुन्छन्’, आचार्य भन्नुुहुन्छ ‘कठिन समयमा सरसफाइ खानपानमा ध्यान दिएर सुरक्षित रहन भनेको छु ।’
बागलुङमा ३८६ एचआइभी संक्रमित छन् । उनीहरुले गोप्य रुपमा एआरटी सेन्टरबाट औषधि प्रयोग गर्दै आएका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या हजारौंँमा गन्न मिल्ने अवस्थामा पुग्दा पनि एचआइभी संक्रमितलाई जोगाउन सकिएको आचार्यले बताए । ‘यसै पनि शरीरको प्रतिरक्षात्मक क्षमता कमजोर हुन्छ, कोरोनाको संक्रमणबाट जस्तोसुकै अवस्थामा जोगिनु पर्छ’, आचार्य भन्नुहुन्छ ‘संक्रमित निर्धक्क खुलेर आफ्नो सुरक्षा आफैँ गर्ने वातावरण समुदायमा बन्दा मात्रै पनि निकै सजिलो हुने थियो ।’ संक्रमितका लागि स्थानीय सरकार र स्वास्थ्य संस्थाले पनि आफ्नातर्फबाट हुन सक्ने सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: