गलकोट । बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ । कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन् ।
कोरोनाको जोखिमयुक्त १४ जिल्लाको सूचीमा पर्नु र बागलुङका पर्यटकीय क्षेत्र वैशाख मसान्तसम्म बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङको निर्णयका कारण होटलमा अग्रिमरूपमा भएको बुकिङसमेत धमाधम रद्द भएको होटल व्यवसायीले गुनासो गरेका छन् ।
प्रशासनले भिडभाड हुने पर्यटकीय क्षेत्रमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाएपछि झण्डै जिल्लाका ५०० बुकिङ रद्द भएको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए । “जिल्लामा अवलोकन भ्रमण गर्नेको चाप ह्वात्तै बढेको थियो तर कोरोनाको जोखिम बढेको भन्दै पर्यटकीय स्थलमा वैशाख ८ गतेदेखि प्रवेशमा रोक लगाइएपछि अग्रिम बुकिङ भएका होटलहरु धमाधम रद्द भएको हो”, राजभण्डारीले भने, “कोरोनाले थलिएका होटल व्यवसाय उठ्न थालेको समयमा पुनः समस्या परेको छ, अन्य जिल्लाको तुलनामा बागलुङमा बढी असर परेको देखिन्छ, सबै सचेत हुन जरुरी छ ।”
कोरोना जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय बागलुङले मठ मन्दिर प्रवेश गर्न र सभा सम्मेलन गर्न रोक लगाएपछि होटलहरु सुनसान भएका हुन् । लामो समय कोरोनाले गर्दा ठप्प भएका होटल व्यवसाय लकडाउन खुुलेपछि सञ्चालनमा आएका थिए तर पुनः कोरोना जोखिम बढेसँगै व्यापार व्यवसाय चल्न छाडेका छन् ।
बागलुङका होटल चल्ने भनेकै बागलुङको प्रसिद्ध कालिका मन्दिर, विश्वकै लामो दाबी गरिएको ५६७ मिटर लामो बागलुङ बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङगे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्राहलय हेर्न पाठपूजा गर्न आउने भए पनि प्रशासनले रोक लगाएपछि झनै समस्या भएको होटल व्यवसायी गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । “लामो समयपछि होटल व्यवसाय चलेको अवस्था थियो, एक्कासि मठ मन्दिरमा प्रवेश रोक लगाइएपछि होटल व्यवसायमा थप सङ्कट आउने अवस्था छ”, उनले भने ।
अन्य जिल्लामा मठमन्दिर प्रवेशमा रोक नलगाइएको तर बागलुङमा बन्द हँुदा प्रत्यक्षरूपमा यहाँका व्यापारी मारमा परेको चोखालको गुनासो छ । उनले सम्बन्धित निकायले वैज्ञानिक ढङ्गले मापदण्ड बनाएर मठमन्दिरमा प्रवेश गर्न दिए राम्रो हुने बताए । सम्बन्धित निकायले होटल व्यवसायीसँग छलफलसमेत नगरी अन्य जिल्लाबाट बागलुङ घुम्न आउने पर्यटकलाई रोक लगाएको होटल व्यवसायीको गुनासो रहेको चोखालले बताए ।
कालिका मन्दिर र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीले गर्दा नै बागलुङका होटल व्यवसायी चलेको तर अहिले मठमन्दिर प्रवेशमा रोक लगाउँदा होटल व्यवसायी मारमा परेको व्यवसायीको गुनासो छ । यो व्यापारको याम भए पनि बागलुङ बजारमै पर्यटक प्र्रवेशमा रोक लगाउँदा सबैभन्दा धेरै मारमा होटल व्यवसायी पर्ने गरेका छन् ।
भर्खर व्यापार शुरु भए पनि कोरोनाले गर्दा फेरि बन्द गर्नुपर्ने अवस्था आएको होटल राजनका सञ्चालक एञ्जिल शाक्यले बताए । कोरोनाको जोखिम भन्दै मठमन्दिर बन्द हँुदा अहिले होटलमा पाहुना आउन कम भएको छ । कार्यक्रमका लागि गरिएको हल बुकिङ रद्द भएको उनको भनाइ छ । शाक्यका अनुसार आइतबार मात्रै ३३ जनाले होटलको कोठा बुक गरे पनि पछि बुकिङ रद्दको खबर आएको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: