Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भारतबाट फर्किएका कोरोना सङ्क्रमित युवकको मृत्यु

महेन्द्रनगर । कोरोना भाइरस सङ्क्रमणका कारण भीमदत्त नगरपालिकाका एक युवकको मृत्यु भएको छ ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना भएका भीमदत्त नगरपालिका–१८ भगतपुरका ४० वर्षीय युवकको शनिबार मृत्यु भएको अस्पताल कोभिड–१९ का सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिए । तीन दिनअघि भारतबाट घर फर्किएका ती युवकको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

“तीन दिनअघि एन्टिजेन पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि यहाँ भर्ना गरिएको थियो”, डा रोकायाले भने, “मृतकको शव व्यवस्थापनका लागि सेनाको टोली आउँदैछ ।” अस्पतालका अनुसार मृतकका श्रीमतीमा समेत कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या यहाँ वृद्धि हुँदै गएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोना लक्षणसहितका बिरामी बढ्न थालेपछि यहाँ आइसीयू शय्या बढाइएको छ । “पहिले छ शय्याको आइसीयू थियो, अहिले चौध शय्या पुर्याइएको छ”, उनले भने, “अन्य व्यवस्थापनको काम पनि हुँदैछ ।”

कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

तुलसीपुर– दाङमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–१० का ४२ वर्षीया महिलाको मृत्यु भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना स्रोत व्यक्ति विमल केसीले जानकारी दिए ।

शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies