Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

गैरआवासीय नेपाली संघद्वारा लालपूर्जा सहित लाभग्राहिहरुलाई लाप्राक नमूना बस्ती हस्तान्तरण

काठमाडौँ । आज गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक समारोह वीच लाप्राक नमूना बस्तीका घरहरु लालपूर्जा सहित धार्चे गाउंपलिकाका लाभग्राहिहरुलाई एक समारोह बीच हस्तान्तरण गरेका छन् । साथै उहांहरुले दाताहरुको नाम भएको शिलापत्रको अनावरण गरे ।

२०७३ साल बैशाख १२ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा नेपाल सरकार सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ वीच त्रिपक्षिय सम्झौता सम्पन्न भई नमूना बस्तीको निर्माण कार्य सुरु भएको थियो । विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउंपालिका वडा नम्बर ४ मा गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा नीजि आवास निर्माण सम्पन्न भएको हो ।

\"\"

आजको हस्तान्तरण समारोहमा धार्चे गाउपालिका वडा नं। ४ का अध्यक्ष राजु गुरुङले सहभागीहरुको सम्मानमा स्वागत मन्तब्य दिए । आजक प्रमुख अतिथि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नमूना वस्ती हस्तान्तरण गर्न पाएकोमा नेपाल सरकारको तर्फबाट संघ तथा सहयोग गर्न हुने सम्पूर्ण गैरआवासीय नेपाली तथा संघ संस्थाहरु प्रति आभार प्रकट गरे । उनले पूर्वधार बिकासको लागि प्राधिकरणले प्रति घर चार लाख अथवा २३ करोड रकम उपलब्ध गराउने बताए ।

संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ति निर्माण भई आज हस्तान्तरण गर्न पाउंदा अत्यन्त खुशी लागेको बताउंदै निर्माण गर्न भन्दा त्यसको सम्भार गर्न अझ कठिन र महत्वपूर्ण रहेको औँल्यए । उनले बस्ती निर्माणमा सहयोग गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय, गैरआवासीय नेपालीहरु, केयर नेपाल, नेपाली सेना, लाभग्राहिहरु र गाउंपालिका तथा बडा कार्यालय लगायत अन्य संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गरे । यसै गरि उहांले प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा। शेष घले, संरक्षक तथा निवर्तमान अध्यक्ष भवन भट्ट र सल्लाहकार जमुना गुरुङ साथै परियोजना सह संयोजक श्याम तामाङ्गलाई पनि बिषेश धन्यवाद दिए ।

संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले झण्डै ५७,६६,०४,८३६.४९ रुपिंयाको लागतमा निर्माण भएको सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपालीहरु, संघसंस्थाहरु लगायत नेपाल सरकार, स्थानीय सरकार, सम्पूर्ण दाता एवं अन्य रुपमा सहयोग गर्ने सहयोगी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे ।

\"\"

तीन नम्बर गणका गणपति, साहयक रथी, कुमार बाबु थापाले नेपाली सेना यस पुनर्निमाण कार्यमा सहभागी हुने अवसर पाएकोमा गौरवान्वीत भएको वताउंदै नेपाली सेनाले राष्ट्रिय निर्माणका विभिन्न काममा सहभागी रहँदै आएको जानकारी गराए ।

कार्यक्रममा धार्चे गाउंपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले धन्यवाद मन्तब्य दिनुका साथै सहभागीहरुलाई मायाको चिनो दिएका थिए । जग्गा धनिपूर्जा सहित नमूना बस्तीका घरहरु हस्तान्तरण गरेकोमा उनले नेपाल सरकार र गैरअवासीय नेपाली संघलाई हार्दिक धन्यवाद प्रकट गरे ।

आज यस कार्यक्रममा माननीय हरिराज अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिहरु, गाउंपालिकाका उपाध्यक्ष, पूल माया गुरुङ, सल्लाहकार एसि शेर्पा, उपाध्यक्षहरु डा. बद्री केसी र रवीना थापा, सचिव गौरीराज जोशी, युवा संयोजक हिमाल गुरुङ, एशिया प्रशान्तका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, अमेरिकाजका क्षेत्रीय उपसंयोज राम चन्द्र पोखरेल, युरोपका क्षेत्रीय उपसंयोजक कृष्ण तिमिल्सिना, आइसिसि सदस्य चिन्तामणि सापकोटा, परियोजनासह संयोजक श्याम तामाङ्ग, तमूधि यूके प्रतिनिधि, कृष्ण गुरुङ लगायत विभिन्न मुलुकबाट आउका गैरआवासीय नेपालीहरु, संचारकर्मीहरु, स्थानीय जनप्रतिनिधिहरु, लाभग्राहीहरु लगायत स्थानीय जनताहरुको सहभागीता रहेको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies