Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नौ महिनामै दोब्बर राजश्व सङ्कलन

टीकापुर । कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महिनामै भन्सार राजश्व लक्ष्यभन्दा दोब्बर सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७र७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ ।

कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा रु छ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य दिएको थियो । त्यो लक्ष्य पहिलो चौमासिकमै पूरा भएपछि थप रु आठ करोड बढाएर रु १४ करोड राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो ।

चैत मसान्तसम्म रु नौ करोड ७१ लाख राजश्व उठाउने लक्ष्य दिएकामा रु १३ करोड १६ लाख राजश्व सङ्कलन भएको भन्सार प्रमुख विमलकुमार शाहले बताए । “पहिलो चार महिनामै लक्ष्य पूरा गरेपछि सरकारले पछिल्लोपटक थप लक्ष्य लिएको छ । त्यो पनि पूरा भएको छ । वैशाख महिनामै वार्षिक लक्ष्य पूरा हुनेछ”, भन्सार प्रमुख शाहले भने, “कोरोना सङ्क्रमणपछि सीमा नाका खुला नहुँदा मानिस खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा पनि सबै सामान भन्सारमार्फत आउँदा सहज भएको हो । यसले राजश्व सङ्कलनमा सघाएको छ ।”

पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको प्रमुख शाहको भनाइ छ । “खक्रौला भन्सारबाट कपडा, मोटर पार्ट्स र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन्”, उनले भने, “यससँगै भारततर्फको सडक राम्रो भएको भए अझ सामान आयात बढ्ने थियो । नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टिन स्थापना गरी पशु, वनस्पति र खाद्य सामग्रीको आयातनिर्यातको व्यवस्था गरे अझै राजश्व बढ्ने देखिन्छ ।”

उता धनगढीस्थित कैलाली भन्सार कार्यालयले पनि नौ महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म रु पाँच अर्ब ९७ करोड राजश्व उठाउने लक्ष्य लिएकामा रु छ अर्ब ९२ करोड राजश्व उठेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए ।

“कैलाली भन्सार कार्यालयबाट यस अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता खाद्यवस्तुको आयात धेरै भएको छ”, भन्सार अधिकृत खतिवडाले भने, “यहाँबाट बढी खाद्यान्न आउने गर्दछ । खाद्यान्नसँगै अन्य सामानसमेत आयात हुन्छ ।”

सरकारले सीमा नाकामा रहेका राजश्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजश्व सङ्कलनमा अझै वृद्धि हुने स्थानीयवासीको भनाइ छ । “कैलालीमा सीमा नाका सुरक्षित छैनन्, तस्करहरूले चोरी बाटोबाट सामान आयात गर्ने कारणले राजश्वमा असर पार्छ”, स्थानीयवासी रुपक बुढाले भने, “सीमामा कडाइ गर्न सकिए र आवश्यक कार्यालय र पूर्वाधारको व्यवस्था गरेमा राजश्व सङ्कलन बढ्छ । त्यसतर्फ ध्यान दिन जरुरी छ ।”

कैलालीको टीकापुरमा सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको पशु क्वारेन्टिन अहिलेसम्म पुनःस्थापना हुनसकेको छैन । पशु क्वारेन्टिन नभएकै कारण यहाँबाट मासु तथा मासुजन्य सामान आयात हुनसकेको छैन । स्थानीयवासी शेरबहादुर साउद पशु क्वारेन्टिन स्थापनाका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताउछन् । “शान्ति स्थापना भएको वर्षौँ बिते पनि क्वारेन्टिन स्थापना हुनसकेको छैन । यसले राजश्व मात्र होइन, यहाँको व्यापार र विकासमा समेत असर पारेको छ”, उनले भने, “पुनःस्थापना गर्न सबैको पहल आवश्यक छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies